एउटा परेवा हराउदा जर्मनीमा हंगामा, परेवाको खोजी प्रहरीको टाउको दुखाई वन्दै


एउटा परेवा हराउदा जर्मनीमा हंगामा, परेवाको खोजी प्रहरीको टाउको दुखाई वन्दै

जर्मनी। तपाईले घरमा परेवा पाल्नुभएको छ ? यदि छ भने परेवा अचानक हराएमा के गर्नुहुन्छ ? परेवा हराँउदैंमा तपाई प्रहरीलाई रिपोर्ट गर्नुहुन्छ र फेला पार्नेलाई इनाम दिनुहुन्छ ? पक्कै पनि यस्तो गर्नु हुन्न । तर संसारमा यस्ता देशहरु पनि छन् जहाँ हराएको परेवा भेट्नेलाई लाखौं रुपैंया इनामको घोषणा समेत गरिन्छ ।




यो हल्का खैरो रंगको भाले परेवा । यो परेवाको नाम ब्क् ढटढ हो । यो परेवाको उमेर ६ वर्ष भयो । जर्मन स्थित ड्युलस्फोर्ड प्रहरीका अनुसार यो सिटी स्कर्बबाट चोरी भएको हो । यो परेवा हराएपछि जर्मनीमा हंगामा नै भएको छ । जर्मन प्रहरीलाई यो परेवा खोज्नु उसको टाउको दुखाइ बनेको छ । यो परेवा निकै सुन्दर र हृष्टपुष्ट थियो । पंक्षिशालाकै सबैभन्दा सुन्दर चराको रुपमा रहेको यो परेवाका मालिकले परेवाको मूल्य डेढ लाख युरो तोकेका थिए । परेवाको मालिकले निकै मूल्यवान चरा हराएको केस दायर गरेपछि प्रहरीले परेवाको खोजी सुरु गरेको छ ।यो सुन्दर परेवालाई चराका पारखीले नै चोरेको अनुमान गरिएको छ । परेवाका मालिकले आफ्नो परेवा भेट्टाउने लाई १० हजार युरो पुरस्कार दिने घोषणा समेत गरेका छन् । तर अझै त्यो आकर्षक र मूल्यवान परेवा फेला परेको छैन् । संसारका विभिन्न मुलुकमा पनि यस्तै महंगा र आकर्षक परेवाहरु हराएको न्युज सार्वजनिक हुने गर्दछन् ।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment