आज फेरी मेरी उनिको यादमा केहि लेख्न्न मन लाग्यो ............



.......... माघ महिना यसै पनि  चिसो महिना । त्यो बिहानी अरु बिहानी भन्दा झनै चिसो महसुस गरिरहेको थिए ।  बिहानै कलेज जानु पर्ने! झन सपनिमा उनि सँगैका झलक हरु ! उठ्ने पटक्कै मन थिएन ! बल्ल बल्ल उठे, बाटोमा पुगे । बाटोमा राखियको एउटा गाडिको शिशामा रातको शित भरिएको थियो । मैले आफ्नो औंलाले उनिको आँखा बनाएँ ! लामो अनि मिलेको नाक बनाएँ ! उन्को  मिलेको चेहेरा बनाए, अनि आफ्नो बाटो लागे । अलि पर पुगेर हेरे उन्को आँखाबाट आँशु बहेझै लाग्यो...................... शितले उन्को मनको कुरा ब्यक्त गरेझै लाग्यो....................... बाध्यताले हामीलाई टाढा बनाउँदा म मात्र होईन, उनि पनि रोयकी रहिछिन । ............... प्यारि मेरी उनि हाम्रो भेट छिटै हुनेछ, भन्ने झिनो आशमा त्यहाँबाट म पुन घर फर्किए ..........
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment