पिउनु









कहिले आत्तिएर कहिले, मात्तिएर पिँए !!
पिउनु थियो पिउँदा पिउँदै, सिद्धिएर पिँए !!


मैले पिँए त पिँए, यस कारण पिँए
तिमी र त्यो जुनेली रात, सम्झिएर पिँए !!


जब बगे आँशुहरु , रगत बनेर मेरा
त्यही मनको दर्द भुल्न, मुटु सिएर पिँए!!


आगो लगाए तस्बिर, जलाए याद तिम्रो
आज आफैं भित्र आफू, भत्किएर पिँए !!
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment