गजल - मेरी उनिको यादमा .................................







1)
तिम्रो अघि चन्द्र पनि खस्किने बनायौ !!
ज्योति छर्दै सुर्य लाई मस्किने बनायौ !!

तिम्रो रुप्को बयान पनि म कसरी गरौं
लोकै बुझ्ने शेष नाग लस्किने बनायौ !!

उडेको चरी झर्ने टोलाउने अरु जीव
उफ्री हिड्ने मृग पनि घस्किने बनायौ !!

बिपनी त तिम्रै रुपको  चर्चामै बित्ने गर्छ
सम्झिएर रातमा पनि झस्किने बनायौ !!

घर अनि यो काठमाडौं छोड्न तयार तिम्रो निम्ति
सम्झी सम्झी मुटु त्यसै चस्किने बनायौ !!




2)
तिम्रै भलो हुन्छ भने हार्न तयार छु म !!
मेरा सबै सपनाहरु  मार्न तयार छु म !!

सधैं खुशी देख्न पाए तिम्रो मुहारमा
चन्द्र सँगै डुल्ने तारा झार्न तयार छु म !!

नाना थरी कुरा गरी हिंडे समाजले
काठमाडौं  छोडि अन्तै बसाँई  सार्न तयार छु म !!

हात मुख जोर्नै यदी गार्हो भयोभने
धरो धर्म हल गोरु नार्न तयार छु म !!

शत्रु बैरी मिली हाम्रो खेदो गरेभने काली
भिषा हानी सात समुंद्र तर्न तयार छु म !!



Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment