नेपालीले खोलेको ‘सगुन डटकम’ फेसबुक, गुगललाई चुनौती दिन तयार

नेपालीले खोलेको ‘सगुन डटकम’ फेसबुक, गुगललाई चुनौती दिन 

तयार


Image result for sagoon.com picture

काठमाडौं, चैत्र १५ । इन्टरनेट प्रयोगकर्ताहरुमाझ लोकप्रियता हासिल गरेका गुगल, फेसबुक, ट्यूटर, ह्वाट्सएप जस्ता साइट अर्थात सोसियल नेटवर्कलाई नै चुनौति दिन सक्ने सोसियल कम्यूनिकेशन साइट ‘सगुन डटकम’ले एसियाली देशहरुमा आफ्नो उपस्थिति देखाउन थालेको छ ।
अमेरिकामा बस्ने नेपालीहरुले बनाएको सगुन प्रयोग गर्दा अर्थात खाता खोल्दा पैसा पाउन सकिने भएपछि प्रयोगकर्ताहरु यसतर्फ आकर्षित भएका हुन् ।
इन्टरनेटमा लत बसेकाहरु वा सोसियल नेटवर्क साइटहरुमा अभ्यस्त बन्न चाहने प्रयोगकर्ताहरुले सगुनलाई सजिलो र धेरै सुविधायुक्त नेटवर्कका रुपमा स्विकारेका छन् ।
अमेरिकामा बसेर एप्लिकेसन निर्माणमा जुटेका गोबिन्द गिरीको नेतृत्वको इन्जिनियरहरुको समुहले यस्तो एप्लिकेसनको विकास गरेपछि चल्तीमा रहेका सोसियल साइटहरुलाई चुनौती बनेको छ ।
पैसा प्राप्त गर्ने सुविधा, यसमा खाता खोलेपछि सबै नेटवर्कहरुको प्रयोग गर्न सकिने एडभान्स साइटको विकास भएपछि विश्वभर वर्चस्व जमाएर बसेका अन्य एप्लिकेशन कम्पनीहरुलाई चुनौति थपिएको हो ।
सन् २००९ मा सर्च इन्जिनका रुपमा विकास भएको सुगुनलाई थप परिमार्जन गरी सार्वजनिक गरेपछि यसलाई रुचाउनेहरु नेपाल, भारत, अष्टेलिया, अमेरिकालगायतका देशहरुमा धेरै देखिएका छन् ।
सार्वजनिक भएको केही साताममै यसमा खाता खोल्नेहरुको संख्या दुईलाख हाराहारीमा पुगेको छ । लगइन वा एड गरेको आधारमा अन्य साइटहरु स्वयमले पैसा पाउने व्यवस्था हुने भएपनि सगुनले प्रयोगकर्तालाई पनि साझेदारका रुपमा अघि सारेको संस्थापक गोविन्द गिरी बताउँछन् ।
‘यसलाई ब्राण्डिङ्गका रुपमा विकास गरेर इन्टरनेट प्रयोगकर्ताहरुलाई नयाँ स्वाद दिन खोजेका हौ,’उनले भने–‘हामीले आफू मात्र कमाउन खोजेका होइनौं प्रयोगकर्तालाई पनि साझेदारका रुपमा अघि सारेका छौं ।’
के छ सुविधा:-
सगुनमा खाता खोलेपछि अन्य सोसियल नेटवर्कहरुको तुलनामा पृथकता पाउन सकिन्छ । फेसबुक, ट्वीटर, ह्वाटसएप, स्न्यापच्याट, इन्स्टागामसहितका मेसेजिङ्गको विशेषता यसमा पाउन सकिन्छ । यसमा रहेको ‘माई सेक्रेट’ नामक फिचरबाट आफनो गोप्य कुरा, फोटोहरु परिवारका सदस्य, साथी र आफ्नो समुदायका व्यक्तिहरुलाई बाँड्न सकिन्छ ।
आफ्नो दैनिकीलाई सेडयूलमा राखेर पोष्ट गर्न सकिन्छ । यसैगरी आफ्नो समुह व्यवस्थित गरेर टेक्स्ट, फोटो र स्टिकरहरु आदन प्रदान पनि गर्न सकिन्छ । सगुनबाट पठाएको फोटो तथा सूुचना सेयर हुनासाथ डिलिट हुन्छ । अर्को नौलो सुविधा भनेको तीनवटा फोटोहरु एउटै फोटो बनाई सेयर गर्न सकिने सुविधा हो ।
अर्को चाहीं अलइनवान पेज महत्वपूर्ण मानिन्छ । ग्रिटिङ, क्यालेन्डर जस्ता अत्यावश्यक फिचर पनि यसमै भएकाले एउटै पेजबाट भेराइटी फिचर बनाउन सकिन्छ । यी बाहेक सुगनडटकम प्रयोग गर्दै गएपछि अन्य धेरै सुविधाहरु उपयोग गर्न सकिन्छ ।
खाता खोल्ने तरिका:-
अन्य सोसियल साइटहरुजस्तै sagoon.com खोलेपछि यसभित्र गएर सगुनको आधिकारिक सदस्य बन्न सकिन्छ । अन्य सोसियल नेटवर्कमा साथी नबनेको भए ‘साइन अप’मा गएर नयाँ युजर नेम र पासवर्ड राखेर यसको सदस्य बन्न सकिन्छ ।
फेसबुक, टयूटरमा सदस्य बनिसकेको भए फेसबुक, टयूटरमा गएर ‘कनेन्ट विद फेसबुक वा टयूटर’मा गएर क्लिक गरी सदस्य बन्न सकिन्छ । खाता खोलेपछि अन्य नेटवर्कमा भएका साथीहरुलाई रिक्वेस्ट पठाएर साथी बनाउन सकिन्छ । सगुनमा साइनइन गरेर सदस्य बनेर नियमित प्रयोग गर्न थालेपछि धेरै सुविधाहरुको उपयोग गर्न सकिन्छ ।
यसरी प्राप्त हुन्छ पैसा:-
फेसबुक, ट्वीटर, ह्वाटसएप, स्न्यापच्याट, इन्स्टागामसहितका मेसेजिङ साइटको विशेषता भएको सोसियल कम्युनिकेशन साइट सगुन डटकममा पहिलो पटक खाताखोल्दा ५ डलर प्राप्त हुन्छ । रकम ५ डलरमा मात्र सिमित हुँदैन । क्रमशः यसको रकम बढदै जान्छ ।
त्यसकालागी साइटमा भएका फिचरहरुको प्रयोग गर्दै जाँदा निश्चित रकम पिग्गी बैंकमा जम्मा हुँदै जान्छ । बैकमा जम्मा भएको पैसा क्यास चाहीं लिन पाइदैन । जम्मा भएको रकमबाट निश्चित समय पछि सगुनका सुचिकृत बिक्रेता कहाँ गएर सामान खरिद गर्न सकिन्छ ।
यस साइटलाई सोसल स्मार्ट कार्डको रुपमा पनि प्रयोग गर्न सकिन्छ । विशेष प्रकारले डिजाइन भएको यस कार्डले ग्राहकलाई अनलाइन सपिङ गर्न साथै उपहार पठाउन सहयोग गर्छ ।
सुचिकृत विक्रेताकहाँ गएर सबैभन्दा पहिले यो स्मार्ट कार्डको प्रयोग गर्नेले ५ अमेरिकी डलर बराबरको पुरस्कार पनि प्राप्त गर्न सकिने व्यवस्था छ । स्थानीय स्तरका बस्तुहरु प्राप्त गर्न पनि सगुनले प्रयास जारी राखेको छ ।
भावी योजना:-
सगुनडटकम टीमले विश्वमा भइरहेको प्रविधिको चामत्कारिक फडकोमा आफूलाई दरिलो स्पर्धीको रुपमा उभ्याएर काम थालेको छ । संस्थापक गोबिन्द गिरीले ‘लङ ट्रम भिजन’ बनाएर तिब्र रुपमा कामहरु अघि बढाइरहेको बताएका छन् । उनले यस्तो अनौठो र ‘विग ड्रिम’ लामो समयको अध्ययन पश्चात तय गरेको जिकीर गरेका छन् ।
विश्वभरका इन्टरनेट प्रयोगकर्ताहरुले उपयोग गरिरहेका चल्तीका सोसियल साइटहरुमाझ केहीबर्षमै दरिलो प्रतिस्पर्धीका रुपमा आफूहरुलाई खडा गर्ने दावी उनको छ ।
सानो देशको नागरिक भएपनि नेपाली पहिचानका रुपमा यसलाई विश्वभर सर्वाधिक प्रयोगकर्ताको मन जित्ने टीमको योजना छ । अन्य साइटहरु प्रयोग गरेवापत प्रयोगकर्ताहरुले पैसा भुक्तान गरिरहेको छन् । तर सगुनले प्रयोगकर्ताहरुमार्फत कमाएको नाफालाई साझेदारी गर्ने काम गरिरहेको छ ।
सगुनको पहिलो भर्सन सार्वजनिक भएपछि प्रयोगकर्ताको मनसाय बुझेर एडभान्स योजनाहरुको काम सुरु भइसकेको टीमले बताएको छ ।
तीन–तीन महिनामा भर्सनहरु चेन्ज हुनेछन् । अबको भर्सनमा ‘कम्यूनिटी इभेन्ट’, ‘मुडवेस कन्भर्सेसन’, सिटी गाइट, मोबाइल एप्लीकेसन जस्ता सुविधाहरु थप गरिनेछ । अमेरिकी, स्पेनिस, अफ्रिकीहरुलाई लक्षित गरि सगुन थप विस्तार गर्ने तयारी गरिरहेको छ ।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment