लोडसेडिङ घट्यो, अब साताको ५९ घन्टा लोडसेडिङ (नयाँ तालिकासहित)
-लोडसेडिङ घट्यो, अब साताको ५९ घन्टा लोडसेडिङ
(नयाँ तालिकासहित)
नेपाल विद्युत् प्राधिकरणले साविकको लोडसेडिङ तालिकामा हेरफेर गरेको छ । प्राधिकरणले शनिबारदेखि लागू हुने गरी परिमार्जित लोडसेडिङ तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब सातामा ५९ घन्टासम्म लोडसेडिङ हुनेछ । यसअघि सातामा ६७ घन्टासम्म विद्युत् कटौती हुँदै आएको थियो ।
‘सूर्यास्तको समय परिवर्तन र कुलेखानी जलाशयको पानी सन्चिती अनुकुल रहेकाले’ लोडसेडिङ तालिकामा फेरबदल गरिएको प्राधिकरणले जनाएको छ ।
0 comments:
Post a Comment