लोडसेडिङ घट्यो (नयाँ तालिकासहित)
-लोडसेडिङ घट्यो (नयाँ तालिकासहित)
काठमाडौं, वैशाख ४ । नेपाल विद्युत् प्राधिकरणले साविकको लोडसेडिङ तालिका हेरफेर गरेको छ । प्राधिकरणले शुक्रबार (आज)देखि लागू हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणको नयाँ तालिकाअनुसार अब सातामा ५५ घन्टासम्म लोडसेडिङ हुनेछ । यसअघि सातामा ५९ घन्टासम्म विद्युत् कटौती हुँदै आएको थियो ।
अब सातामा ६ दिन ८ घन्टा र एक दिन
७ घन्टासम्म लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।
‘नदीहरुमा पानीको जलस्तर घट्नेक्रम रहेपनि कुलेखानी जलाशयको पानी सन्चिती अनुकुल रहेकाले’ लोडसेडिङ तालिकामा फेरबदल गरिएको प्राधिकरणले जनाएको छ ।
Source: Image Khabar
0 comments:
Post a Comment