दिमाग बढाउन हटाउनुपर्ने सामान्य ६ ब्यबहार

दिमाग बढाउन हटाउनुपर्ने सामान्य ६ ब्यबहार



जीवनमा उतारचढाव आइरहन्छ ।  जसको दिमाग मजबुत हुन्छ, उसले यस्ता उतारचढावलाई सहज तरिकाले लिन्छ  । मानसिक रुपमा मजबुत रहन केही स्वस्थ ब्यबहार अपनाउन जरुरी हुन्छ  । आफ्नो ब्यबहार, भावना र बिचार नियन्त्रण गर्न सक्यो भने सफलता धेरै नजिक हुन्छ । निम्न बिचारहरु मानसिक रुपमा मजबुत मान्छेसँग हुँदैनन् । यदि हामीले पनि यस्ता बिचार हटाउन सक्यौं भने मानसिक रुपमा मजबुत भएर सफलता हासिल गर्न सक्छौं ।

गल्ती महशुस गर्ने, तनाव नलिने
mentally in hindi 1


गल्ती कसले गर्दैन ? जानेर पो गर्नहुँदैन । नजानेर हुने गल्तीका लागि धेरै मान्छे पछुताउछन् । तर, यो गलत बानी हो । एकचोटी भएको गल्तीलाई सम्झिरहँदा दिमाग क्षय हुन्छ । त्यसैले गल्ती नदोहो¥याउने बिचार लिएर भएको गल्तीमा नअल्झिने सोच बनाउनुपर्छ ।


अर्काको नजरबाट आफूलाई नहेर्ने

धेरै मान्छेले जिन्दगीमा दोहो¥याउने गल्ती हो यो, अरुले ‘राम्रो’ भन्दा मख्ख पर्ने र ‘नराम्रो’ भनेपछि खिस्रिक्क हुने । यही गल्तीले मान्छेलाई पछारिरहेको हुन्छ । सधैँ अरुले हौसला प्रदान गर्देनन् र सबै आफ्ना अनुकल हुँदैनन् । अरुले खराब भनिदिँदा खराब महशुस गर्ने बानी त्याग्यो भने दिमाग बलियो बन्दै जान्छ ।

परिवर्तनसँग नडर्ने


मान्छे ठिकठाक अवस्थामा छ भने ऊ परिवर्तनदेखि डराउँछ । परिस्थितिको परिबर्तन नयाँ अवसरको ढोका ठान्नेहरु मात्रै यो दुनियाँमा तेज बुद्धि भएकामध्य परेका छन् । सफलताको माथिल्लो सिढीमा उनीहरु नै पुगेका छन् । यस्ता मान्छेले परिवतृनलाई सधैँ स्वागत गर्छन् र समयसँगै आफूलाई बदल्छन् । त्यसैले परिवर्तनसँग डराउने होइन डटेर सामना गर्ने बिचारले बुद्धि बढाउँछ ।

एक्लोपन महशुस नगर्ने


धेरै मान्छे साथीसँग अधिकांस समय कटाउन रुचाउछन् । यो दिमाग क्षय गर्ने सबभन्दा ठूलो कारण हो । किनकि साथीहरुमाझ दिमागले नयाँ कुरा सोच्ने र एकोहोरिने अवसर पाउँदैन । बिस्तारै त्यसरी सोच्ने ग्रन्थी बन्द हूँदै जाँदा असफलता हात लाग्छ । त्यसैले एक्लोपनसँग डराउने होइन, त्यसको सदुपयोग गर्ने बानी बसाल्नुपर्छ । आफ्नो खुशीका लागि साथीमा निर्भर नभइ एक्लै रमाउनु पनि सफलताका लागि कारक बन्न सक्छ ।

जल्ने होइन, आइडिया लिने


असाध्यै धेरैको सामूहिक रोग हो, अर्काको प्रगतीमा जल्ने । आफ्नो सफलता भन्दा अर्काको असफलतामा रम्ने बानीले अन्ततः मान्छेलाई त्यही रुपमा बदल्छ । दिमाग पनि आफ्नो सफलताका लागि भन्दा अर्काको असफलताका लागि चल्छ । आफू अघि बढ्ने समय अर्काको खुट्टा तान्न खर्चिदा कहिल्यै सफलता हासिल गनृ सकिदैन । बरु उससँग सफलताका आइडिया लिएर अघि बढ्दा सहयोग पुग्छ ।

अरुसँग तुलना नगरौं
आफ्नो तुलना कोही अर्काेसँग गर्नुहँदैन । किनकि जन्म नै फरक तरिकाले भएकाले कुनै कुरामा समानता हुने संभावना नै हुँदैन । आफूलाई अरुसँग राखेर हेर्दा जहिले पनि कमजोर महशुुस हुन्छ । आफूसँग उसको तुलना गरेर के छैन ? भनेर सोच्दा अभाव देखिन्छ । बरु आफूसँग भएको कुरालाई कसरी बढी प्रयोग गर्न सकिन्छ भनेर सोचौँ । जसले गर्दा दिमागले सदा विकल्प दिइरहन्छ ।

एजेन्सीको सहयोगमा
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

1 comments: