बाबु आमाको मन छोरा छोरी माथी अनि छोरा छोरिको मन ढुङा माथी ।।।।

बाबु आमाको मन छोरा छोरी माथी अनि छोरा छोरिको मन ढुङा माथी ।।



यो संसार श्वार्थी लाग्दैछ आजकल । सम्बन्ध हरु भनेको पनि त्यस्तै रहेछन । हाम्रो समाज मा अजै पनि पुरुष प्रधान समाज हो । मैले यो भनेर महिला लाई महत्व नदिएको होईन । यदी त्यस्तो बुज्नुभयो भने, त्यो गलत बुझाई हुनेछ । हामी आधुनिकता को नाममा आफ्नो धर्म अनि संस्कृती को अपहेलना गरिरहेका छौ । हामी आफ्नो कर्तब्य देखी भागिरहेका छौ । बाबु आमाको मन छोरा छोरी माथी अनि छोरा छोरिको मन ढुङा माथी भन्ने सुनेको थिए । आजकल त्यस्तै देख्दैछु । हुनत छोरा छोरी ले आफ्नो कर्तब्य पुरा नगर्नु मा, धेरै 
दोष बाबु आमाको पनि  छ जस्तो लाग्छ । अजै पनि छोरा नजन्मिदा सम्म बच्चा जन्माउने प्रचलन हाम्रो समाज मा छ । तर आमा बाबु को बुढेशकालको आशाको केन्द्र बनेका छोरा छोरीले बुढेसकालमा वास्ता नगरिदिदा कस्तो होला ? ?

त्यस्तै देखे मैले गयको शनिबार .........
 
सधै अफिस जानुपर्ने, घर बस्ने भनेको त्यही एक दिन शनिबार त हो नि । भूकम्पले गर्दा आहिले, यो बर्षात को समयमा भुकम्प पिडित हरु एक पाल मुनी बस्नु परेको छ । कतिले त्यही एक पाल सम्म पनि पाउनुभएको छैन । हरेक दिन पत्रीका पढ्छु ......



पहिले देखी सोच्दै आयको थिए, म पनि केहि सहयोग गर्न सक्छु नि ! त्यसैले गयको शुक्रबार सोचे भोली कही सहयोग गर्न जान्छु।

जान त जाने तर पनि मेरो कही जानु अगि कसैसँग सोध्ने बानी बसेको थियो । 

पहिले सोध्नु थियो ................. 
दिउसो सोधे ।
बेलुका मेरो आदरणिय मामा शिब भुजेल लाई कल गरे ।

मामा आराम हुनुहुन्छ ? ? अँ ठिकै छ भाँन्जा । अनि घरमा नि ? ? मैले पुन सोधे ।

अँ ठिकै छ ।

मामा आस्थाइ घर बनाउने कार्याक्रम चलिनै रहेको छ नि ? ? मैले कुरालाई लामो नगरि मेरो आफ्नो कुरामा लागे । मामा आस्थाइ घर निर्माण मा हुनुहुन्छ भन्ने मैले उहाँको फेसबुक बाट थाहा पाएको थिए ।

अँ चलिरहेछ ।

कता हुनुहुन्छ आज ? ?

आज ललितपुर तिर छौ ।

भोली कता को प्लान छ त ? ?

किन भान्जा ? ?

भोली शनिबार छ म पनि आउछु । मैले भने,

हुन्छ नि त, तर भोली कहाँ हुन्छ भोली बिहान थाहा हुन्छ ।

हुन्छ मामा म भोली कल गर्छु, भोली भेटौला । मैले फोन राखे ।



म यो प्रसङ्ग म पनि आस्थाइ टहरा निर्माण मा संलग्न भए भनेर भन्नको लागी जोडिरहेको छैन ।

भोलिपल्ट बिहान ७ बजे म मामाले भनेको ठाँउ पुगे ।

त्यहाँ बाट हामी आस्थाइ घर निर्माण को लागी निर्माण स्थल तर्फ गयौ ।



हामी एक बृद आमाको लागी घर बनाउदै थियौ । स्थानियको सहयोग पनि हामिलाई मिलेको थियो । आमाको घर भूकम्पले पुर्ण रुपमा भत्कियको थियो । मलाई ला यो हामिले उपयुक्त ब्यक्तिको लागी काम गरिरहेका छौ । काम गर्ने क्रममा थाहा भयो हामी जसको लागी घर निर्माण गरिरहेका थियौ उक्त आमाको दश जना सन्तान रहेछन । आठ जना छोरा अनि दुइ जना छोरी । सबैको बिहे भैसकेको रहेछ । को कहाँ थिए थाहा भएन, तर त्यहाँका स्थानिय बाट थाहा भयो कि सबै छोराहरु एक सम्पन्न अनि सुखी जिवन बिताइरहेका छ्न । आमालाई कुनै छोराले रेखादेख नगर्ने कुरा पनि थाहा भयो । त्यहिको एक स्थानिय बुवा ले झुट बोली एक छोरालाई त्यहाँ बोलाउनु भयो । जती बेला सम्ममा हामीले घर निर्माण गरिसकेका थियौ । त्यहाँ आएका छोरा पनि एक सम्पन्न ब्यक्ती थिए । आखिर किन मार्दैछन त्यो न्यानो आमाको माया ? ? अनि किन भाग्दैछन आफ्नो कर्तब्य देखी ? ? सँगै त राखेनन राखेनन ति दश सन्तानले हरेकले महिना को १००० दिय पनि सुखी त हुने थियो नि उक्त आमाको जिवन यापन । मलाई भूकम्प पिडितको लागी घर बनाएको भन्दा पनि एक छोरा छोरी पिडितको लागी बनाएको जस्तो महसुस भयो । जो ७० बर्षको उमेरमा आफ्नो सास जिनतीन जोगाईरहनु भएको थियो ।



  

आशा अनि कामना गर्छु, कोही परिवार सँग अलग हुनु नपरोस्, कसैले नबिर्सुन आफ्नो दायित्व अनि आफ्नो कर्तब्य । कुनै बृद आमा बुवा आफ्नो छोरा छोरी बाट बुढेसकालामा अलग बस्नु नपरोस ।


अनि गलत साबित होस बाबु आमाको मन छोरा छोरी माथी अनि छोरा छोरिको मन ढुङा माथी । । ।

Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment