अह ......म सक्दै सक्दिन ।



अह ......म सक्दै सक्दिन । 

तिम्रा स-साना कुरामा चासो नराखु,

कैयौ कोशीश गर्छु ।

अह.......

म सक्दै सक्दिन ।

तिमीबारे हर क्षण

नसोचु

कैयौ कोशीश गर्छु ।

अह ......
म सक्दै सक्दिन ।

तिम्रो बारे मेरो बारे हामिलाई थाहा

भैरहोस 

असम्भव त थिएन नि

जो पुरा हुनै सक्दैन ।

तिता- मिठा हर भावना

लाग्छ साटासाट गरु

तिम्रै कुरा अरुबाट सुन्छ

अह ...... 

मन

सम्हाल्नै सक्दिन ।

अदृश्य पर्खाल देख्छु,

सामान्य नै बन्न खोज्छु,

खै कहाँ भुल गरे ??

अह .......

म बुझ्नै सक्दिन ।

कत्ती सजिलै बद्लियौ तिमी सायद.......

फर्किन्नन ति दिन सोच्छु म पनि.......

बद्लिउ.........

अह ......

म सक्दै सक्दिन ।

अह ......

म सक्दै सक्दिन ।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment