BBC नेपाली सेवाको साझा सवालमा मैले गरेको आग्रह ।

BBC नेपाली सेवाको साझा सवालमा मैले गरेको आग्रह ।







नमस्ते !! म धेरै समयदेखी तपाईको कार्याक्रम हेर्दै आयको छु। तर म तपाई सँग नै असन्तुष्ट छु 

संविधान , हरेक मिडिया , जताततै दलित , जनजाति , महिला , मधेसी आदिको कुरा भनेर किन आउँछ ?? त्यो भन्नू भन्दा सम्पुर्ण नेपाली को माग समेटिन्छ भन्नू पर्ने होईन र?? के बाहुन छेत्री ज्ञानेन्द्रका छोरा छोरी हुन ?? बाहुन छेत्री को कुनै समस्या हुदैन ?? बाहुन छेत्री भएकै कारण समस्या हुदैन हो ?? तपाई ले यस बिषयमा कहिले पनि कुरा गरेको भेटिदैन । कुनै पनि एपिसोड मा यो बिषयमा देख्दिन । किन ?? आरक्षण ले गर्दा ९५ ल्याएर पनि ४५ ल्याउने सँग पराजित हुनु परेको पीडा म सँग छ । यो पिडा मेरो मात्र पक्कै होईन होला । यो बारेमा कस्ले बोल्ने ??? एक पटक ९५ ल्याउदा नाम निस्किदैन ४०/४५ ल्याउने को निस्किन्छ । अर्को पटक दियो ९६/९७ ल्याउदा पनि निस्किदैन अनि त्यो मान्छे लाग्ने भनेको बिदेश हुन्छ । के तपाइलाई आरक्षण खारेज हुनै पर्छ जस्तो लाग्दैन ?? यस्तै भयो भने अबको केहि बर्षपछि नेपाली प्रशासन क्षेत्र सबै अयोग्य र असक्षम कर्मचारीको थलो नबन्ला भन्न सकिन्न । स्कूल पढ्ने बेला केटी जिस्काउन र गोटी खेल्ने स्टार लाई लाई पास हुने ऐले आरक्षण चाहियो भनेर कहाँ पाईन्छ ???? योग्य जनशक्ति को विकल्प नै बिदेश नभएर के हुनु अनि ?? यस् को बारेमा मिडियाले किन कुरा उठाउदैन ?? के मिडियाको काम जे भएको जानकारी दिनु मात्र हो ?? के मिडिया गलत कुरामाथी बोल्नु पर्दैन ?? कृपया मिडियाले सहयोग गर्नु पर्यो । मैले बुझेको अनुसार >>लोकसेवा आयोगले यो वर्ष प्रकाशित गरेको शाखा अधिकृतको नतिजा:- + न्यायसेवामा महिला आरक्षण 26 कोटामा 11 जना मात्र पास, +आदिवासि/जनजाति आरक्षण 23 कोटामा 4 जनामात्र पास, +मधेशि आरक्षण 21 कोटामा 1 जनामात्र पास, +दलित आरक्षण 11 कोटामा 0 पास + र अपाङ्ग आरक्षण 4 कोटामा 0 पास भएको पाइयो । >> पासमार्क 40 पनि ल्याउन नसकेर कोटा प्रत्येक बर्ष खाली जान्छ तर कस्तो विडम्वना क्षमतावान बाहुन क्षत्रीहरु रोजगारीको खोजिमा खाडी तथा विभिन्न मुलुकमा बिदेशिनु परेको छ। कृपया आरक्षण होईन उनिहरुलाई सक्षम पो बनाउनु पर्ने होईन र ?? संबिधनमा त्यस्को मागपो गर्नु पर्ने हो । आरक्षण झनै प्रोत्साहान किन ?? खुला तर्फ ९५ ल्याउने को नाम निस्किदैन भने आरक्षण मा यसरि कोटा खाली हुन्छ । आरक्षण कै कारण गुजरातमा भएको जस्तो आन्दोलन यहाँ पनि हुनु जरुरी हो ?? द्लित , जनजाति , महिला , मधेसी लाई कसरी उनिहरुलाई सक्षम बनाउन सकिन्छ । त्यस्ता योजना संचालन गर्नु जरुरी छ ।उनिहरुको स्तरमा बिकास को जरुरी हो । आरक्षण होईन । हाम्रो जनसंख्या यति छ समानुपातिक आधारमा यति चाहियो भनेर मागेको पाय । के त्यसरि दिनु उचित हो ?? यहाँ दलित जनजाति को नाममा NGO, INGO, मानव अधिकार बादी हरु डलरको खेती गर्द्छ्न । के उनिहरु आरक्षणको कुरा नगरि उनिहरुको स्तर, (सामाजिक, साँस्कृतिक, आर्थिक, आदि सबै) सोच, संस्कार बिकास गर्नमा आवाज उठाउने हो र स्तर, (सामाजिक, साँस्कृतिक, आर्थिक, आदि सबै) को आधारमा सम्पुण नागरिक को विकाश गरे, सबै खुला बाट नै प्रतिस्पधा गर्न सक्छन त । सकि नसकी बुढा बाजे डण्डी समायर बसमा यात्रा गर्दै गर्दा +2 पढ्दै गरेकी युवती आरक्षण सिटमा मस्ती सँग बसेकी हुन्छ । केहि समय पहिले मेरो एक साथी समिर (नाम परिवर्तन) काठमाण्डौ बाट बिराट्नगर जाने क्रम मा महिला बाट पिडित भयो । कलंकी बाट रात्रै बस मा जादा उस्को सँगै को सिटमा एक महिला रहिछिन्, झ्याल पट्टी समिर अनि सँगै ति महिला । महिला ले आगाडिको सिटमा टाउको राखी समिर सँग मिस बिहेब गरिछन्, समिर ले प्रतिकार गर्न खोज्दा, महिला ले भनिछन केहि बोल्यो भने तपाइ बोल्नु पहिले म तपाइले मलाई मिस बिहेब गर्नुभयो भनिदिन्छु, अनि छोड्ने छैनन तपाईलाई महिला माथी मिस बिहेब को केस लाग्छ । त्यसैले म जे भन्छु तेही गर्नुहोस । समिर सँग ति महिला ले जे गर्छिन सहनु अनि जे भन्छिन मान्नु बाहेक आर्को बिकल्प रहेन । रामनगर पुगेपछी बसले खान खान रोक्यो । खान खाएर बस चड्न लाग्दा ति महिला ले समिर लाई बस नचड्न भनिछन । समिर ले नाइ भन्दा, नजिकै चौकी छ म गएर भनु कि म आएको बसमा सँगै बस्नेले म सँगै बस्नेले मलाई मिस बिहेब गर्‍यो भनेर ? ? हेर्दा सभ्य अनि सिष्ट देखिने ति महिला सँग सनिर हार्यो । समिर बसमा चाड्न सकेन । ति महिलाले समिर को युज गरिन । केहि दिन पछी समिर लाई फोन आयो तपाइ सँगको मेरो फोटोहरु म सँग छ्, म तपाइको श्रमती लाई यि फोटोहरु सेण्ड गरिदिन्छु । होइन तिमी के चाहन्छौ ? ? किन मलाई यसरि सताई रहेछौ, भन्दा उस्ले एक लाख मागी । बर्गेनिङ गरी साठी हजार लियार गाइन ति महिला । सुन्दा महिले पनि समिर लाई ल मोज गरेछस भनेको थिए पहिले तर खासमै समिर माथी भएको त्यो अन्याय के अन्याय होईन ? के समिर पिडित होइन ? ? कहाँ गर्ने उजुरी ? ? बाठो भएर केस गरिस भने म सँग फोटो हरु छ्, म मलाई लालाइ फकाइ यो सब गरेको। मलाई लठ्याउने आैषधि दियर तपाईले नै मेरो युज गरेको भनिदिन्छु । म आफै पनि महिला अधिकारबादि हु, छोड्ने छैन तिमिलाई एदि बाठो हुन खोज्यौ भने, म उल्टो केस गर्छु भनिन ति महिला ले ? ? के पुरुष माथी हिम्सा हुँदैन ? ? पुरुष के फलाम बाट बनेको हुन्छ ? ? खोइ पुरुष का अधिकार त्यसो भए ? समिर जस्तो पिडित नेपालमा धेरै छन जो आफ्नो पिडा उजुरि त टाढाको कुरा कसैलाई सुनाउन सम्म पनि पाउदैनन् । र अझै आरक्षणलाई प्रोत्साहन किन ?? कृपया साझा सवालमा यो बिषयमा आवाज उठाउनु होस् । नेपाल बाट आरक्षण सदाको लागि बन्द गरौं । महिला साथीहरू र महिलाको लागि लड्नु भएका साथीहरू पुरुष र महिला समान भन्नुहुन्छ फेरि आरक्षण माग्नुहुन्छ ?? आरक्षण त्यसलाई दिइन्छ, जो कमजोर छ । समानताको कुरा गर्नेहरु नै आरक्षण को मिस युज गरिरहेका छन्। । के बाहुन को घर मा जन्मिनु भनेको दरवारमा जन्मिनु अनि दलितको घरमा जन्मिनु भनेको झुपडिमा जन्मनु हो??? किन कुनै परिश्रम बिना माथि पुग्न चाहानुहुन्छ दलित , जनजाति साथिहरु?? कृपया आवाज उठाउनु होस् आवाज सम्पुर्ण नेपालीको समानताको लागि । उठाउनु होस् आवाज साक्षरताको लागी । उठाउनु होस् सुन्दर संस्कार को लागी । यो जाति, यो बर्ग भनेर बिभद गरि आवाज उठाउन बन्द गरौ । समस्यामा छन बाहुन क्षेत्री पनि ।  बाहुन क्षेत्री भएकै कारण  कुनै समस्या नहुने त हुदैन होला ??  बन्द गरौं आरक्षण सँधैको लागी । मिडिया ले सहयोग गर्नुपर्यो यस्को लागि । वा नेपालको आरक्षण !! 



आशा छ,  यो मेरो बिषयको तपाईले आवाज पक्कै उठाउनुहुनेछ ।

यो बिषयमा सम्पर्ण नेपाली मिडियाकर्मीलाई आवाज उठाउनुहुन अनुरोध गर्दछु । 
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment