“ठिकै छ”
ठडेउरो “ठ” या ठठेरा “ठ” बाट सुरु भएर छतरी “छ” मा गएर बिसर्जन हुने दुई वटा
शब्दले बनेको वाक्य “ठिकै छ” देख्दा सानो भएपनि यसको अर्थ अनि प्रयोग भने सानो छैन
। यसको शाब्दिक अर्थ समस्यामा नरहेको, चलिरहेको, धेरै राम्रो नभएको आदि र
अङ्ग्रेजिमा “इट्स ओके” भए पनि यसको प्रयोग भने ज्यादै बृहत हुने रहेछ । साएद
यस्को प्रारम्भ मानिस को भाषा संग सँगै भएर आयो होला । जहाँ जाँऊ, जे गरु, जस्तो
सुकै स्तरको मान्छे सँग भेटु, ठाँऊ अलग र मान्छे अलग भएता पनि यो वाक्यको प्रयोग
नभएको पाँहिदैन । अहिले यो वाक्य “हाइ” नि “हेल्लो” शब्द जतिकै प्रयोग भएको
देखिन्छ ।
म हरेक दिन धेरै मानिसहरुलाई भेटिरहेको हुन्छु । बिहानमा प्राय कलेज गएको
हुन्छु र एदि कलेज गएन भने पनि अन्त कतै गएको हुन्छु । बिहान उठे देखी बेलुका
नसुतेसम्म धेरै मानिसहरु भेटिरहेको हुन्छु । जहाँ, अनि जस्तो सुकै मानिसहरु सँग
भेटे पनि पहिले उनिहरुको संस्कार अनुसारको स्वागत सत्कार हुन्छ । अनि दोस्रोमा आइहाल्छ
हरेकको प्रश्न सन्चै हुनुहुन्छ ?? आराम हुनुहुन्छ ?? के छ हालखबर ?? अनि सबैको कमन
उत्तर हुन्छ “ठिकै छ” ।
जस्तो सुकै लेबलको मान्छे होस्, जुन सुकै दर्जाको मान्छे होस्, या जुनसुकै
पदको मान्छे होस्, “ठिकै छ” प्रयोग गरेकै हुन्छ। भनेकै हुन्छ । अफिसमा अफिसरले
हाकिम सँग, हाकिमले हाकिम सँग या पिउनले हाकिम सँग नै किन नहोस “ठिकै छ” बोलेकै
छन् । घरमा बाबु-आमा, काका-काकी, मामा-माइजु, दिदी-भिनाजु, जस्ले जो सुकै सँग किन
नहोस् “ठिकै छ” निकालेका छन्, भनेकै छन्, सुनियकै छ, सबैको मुखबाट निस्किएकै हुन्छ
। बाटोमा होस्, स्कुलमा होस्, कलेजमा होस्, रेस्टुरेण्ट होस् या होस् पार्क जहाँ
जो सँग पनि मानिसहरु भेटेपछि हालखबर सोधेकै छन्, “ठिकै छ” भनेकै छन् ।
म पछिल्ला पन्ध्र बिस दिन देखि यो “ठिकै छ” वाक्यलाई केही ख्याल गरिरहेको थिए
। जहाँ जान्छु यस्को प्रयोग नभएको ठाँऊ देख्दिन । प्रयोग नगर्ने मान्छे भेटिन ।
प्रयोग नभएको समय भेटिन । हुदा हुदा अस्पतालमा समेत “ठिकै छ” को प्रयोग हुने रहेछ
। सात/आठ दिन पहिले म एक अस्पतालमा कसैलाई भेट्न पुगेको थिए । अस्पताल पुगेपछि,
कस्तो छ हजुरलाई अहिले ?? बिरामी हुनुभएको मेरो आफन्तलाई मैले सोधेको थिए । “ठिकै
छ, दुखाई अलिक कम भएको छ” उहाँको उत्तर थियो यो । “ठिकै छ” लाई ख्याल गरिरहेको म बिरामी
बाट समेत “ठिकै छ” सुन्दा अचम्ममा परे । त्यहाँ बस्दासम्म मैले अरु बिरामीहरुलाई
समेत हेरे, तिनिहरुको पनि आवाजमा पनि “ठिकै छ” निस्किनैरहेको थियो । कस्तो छ अहिले
?? कस्तो छ हजुरलाई ?? दुखाई कम भएको छ कि नै ?? कहिले डिस्चार्ज गर्छ रे ?? अहिले
कस्तो छ ?? आदि धेरै जसो बिरामी भेट्न आउने को प्रश्न हुन्थ्यो । अनि ति सबैखाले
प्रश्नको कमन उत्तर बिरामी या सँगै बसेको बाट निस्किन्थ्यो “ठिकै छ, अलिक कम भछ”, “ठिकै
छ, सुधार हुदै छ” यात केबल “ठिकै छ” ।
यो “ठिकै छ” वाक्य हरेक नेपालीहरुको भान्सामा पाक्ने तरकारी आलु जस्तै लाग्यो
मलाई । आलु पनि जुनसुकै तरकारीमा मिलेको छ । र यो वाक्य पनि जहाँ पनि प्रयोग भएको
छ । हामी जुनसुकै बेला “ठिकै छ” को प्रयोग गर्ने रहेछौ । बसमा यात्रा गर्दा
उभिरहेको ले बस्न पायो भन्छ “ठिकै छ” । उभिरहेको लाई बसेको ले बस्न अफर गर्यो,
उभिएको बस्यो भने पनि भन्छ “ठिकै छ” बसौ न त थांङ्स् । अनि बस्न चाहेन उभिनै
चाह्यो भने पनि भन्छ होइन “ठिकै छ” । केहि मागेको थियौ, पाएपछी भन्छौ “ठिकै छ” । होइन
नपाउने भयौ, दिन नसकेकोले सरि भन्छ अनि हामि भन्छौ होइन “ठिकै छ” , नाइ केहि भएन “ठिकै
छ” । स्वस्थ मान्छेले भन्छ “ठिकै छ” । बिरामीले भन्छ “ठिकै छ” । पसलमा स्प्राइट मागेउ
साउजी भन्छ स्प्राइट छैन डिउ दिउ ?? हुन्छ दिनुहोस् “ठिकै छ” । मिल्क टि माग्यो,
दुध छैन, “ठिकै छ” लेमन दिनुहोस । साथीहरु काँही जाने योजना हुन्छ, कसैको समय
मिलेन “ठिकै छ” ।
आजकल त झन “ठिकै छ” को प्रयोग सामाजिक सञ्जालमा धेरै हुने गरेको छ । फेसबुक,
ट्युटर, भाइबर, स्काइप, ह्याँङ आउटस आदि सबैमा हाइ अनि हेलो पछि एक अर्कालाइ
सोधिने कुरानै के छ हालखबर हो र सबैको उत्तर “ठिकै छ” हुने गर्छ ।
“ठिकै छ” सबैको मुखमा झुण्डियकै छ । हरेक चोक अनि गल्लिमा यो गुन्जिएकै छ । फेसबुक,
ट्युटर, भाइबर, स्काइप, ह्याँङ आउटस आदि सबैमा टाइप भएकै छ । यस्को बारेमा धेरै
लेख्नु पर्दैन यति नै लेख्छु “ठिकै छ” ।।।।।
0 comments:
Post a Comment