केही खाजेजस्तै
हतासिदै उसले यताउता हे–यो । खै केही
फेला पारेनछ क्यारे .....सट्टामा फिक्का हाँसो फ्याक्यो अनि निहा–यो आफ्नै परिवेश । त्यो धरहरा त्यसरी नै
आकाशलाइ हाँक दिदै उभिइरहेको थियो । केहीं निदाएजस्तो केहीं विउझिएजस्तो घण्टाघरको
पुरानो घडि जहाँकोतहीं थियो । विदाको दिन भएकोले होला मन्दिरहरुमा भिडभाड
देखिन्थ्यो । सँगै उभिएको शहिदगेट । वाणले हानेजस्तै चारदिशामा ठड्याइएका झण्डाहरु
।उसलाई त्यतिकै हाँसो उठ्यो । झटपट सुन्धारा , काठमाडौं मल , बागदरवार, रत्नपार्क ,
टुडिखेल सवैतिर सरसर्ति हे–यो उसले । खुलामञ्च भरिभराउ देखिन्थ्यो । सायद
कसैको भाषण चल्दैहोला । सैनिकहरु परेडमा ब्यस्त ।
'कालिमाटी........किर्तिपुर
...पाँगा..।'
'बालाजु ..बाइपास
...मनमैजु .........।'
'थापाथली.
..कुपण्डोल... ललितपुर ....।'
फरकफरक स्वरहरु
सकेसम्म ठूलो हुदै हुइकिरहेका थिए ।
'ओइ साले यो त
मलाई देका ।'
'तलाई हैन मलाइ
देका ।'
'ओइ तैले मसँग
निहूँ खोजेकै होस् , ल
आइज...........आइज सिङ्गल सिङ्गल खेल्ने ?'
सडक बालकहरु
आफूआफूमा एक रुपैयाको लागि तछाडमछाड गरिरहेका ।
'ए सस्तो
सस्तो..... एक किलोको पन्घ्र दुई किलोको पच्चिस मात्र ।'
'किन यस्तो भएको ?'
'नगरपालिका आउदै छ,त्यही भर ल ल छिट्टो किन्नुस् ।'
'यो त तीन पाउ पो
भो त, कसरी एक किलो हुन्छ ।'
'यहाँको एक किलो
भनेको यत्ति हो , बढि चाहिए अन्तै
जाने ।'
'क्या हो ?नापतौल पनि ठाँउ अनुसार फरक हुन्छ र ?'
'कस्तो किचकिचे
मान्छे रैछ,..........सस्तो पनि चाहिने
पुरा पनि चाहिने ठिसहरु ।' व्यापारिक भाषा
नराम्रोसँग छताछुल्ल हुन्छ त्यहाँ ।
यति धेरै भिडभाड हुदा हुँदै पनि सवै एकअर्काबाट
बेखवर । शहिदगेटको छेउका उभिएको ऊ सवै निहालेर फेरी मुस्कुरायो
एक्लैएक्लै ।
केही सम्झिए झैँ
झल्यास्स घडि हेर्यो उसले । बाह्र बजिसकेछ । तर पटक्कै घर जाने मन लागिरहेको
छैन ...किन उत्तर नै छैन । घण्टौ देखी ऊ त्यो फलामेबारमा अढेस लगाएका उभिएको
उभियै छ । उसका घरका बाटो भएर गुड्ने दर्जनौ सवारी साधन गैसके, कुनै त फर्केर पनि आइपुगिसके तर ऊ जहाँकोतहि छ
। डेक नचलिकन, बारमाथि फरक
अस्तित्व जमाएर ।
आकाशमा कम्पन
छाड्दै एउटा जहाज उड्यो । अनायसै उठेका हातहरु लजाउदैं खुम्चिए गोजीभित्र । त्यतै
हेरेर टोलाउन लाग्यो ऊ ।
शरीरमा चटक्क
मिलाएर लगाइएको कपडा, सलक्क छाडिएको
कपाल, गाजलले भरिएका जिज्ञासु आँखाहरु । ओहो सिना सधै
यसरी नै उभिन्थी । यही बारमा घण्टौंघण्टा आँखामा आँखा जजाएर अनि हतारिदैं
पस्थी,कुनै माइक्रो भित्र । बाइ
बाइ सजिस ..........।
मास्टरको
विद्यार्थी ऊ अर्थात सजिस । एउटा प्राइभेट कम्पनीमा जागिर ग–थ्यो । यि प्राइभेट अफिसहरु खाउभने कान्छो
वाउको अनुहार नखाउ भने दिनभरीको शिकार पाराका । कहिल्यै फुर्सद हुने हैन ,फेरी कलेज दिनदिनै जान नपाए पछि ट्युसन पढेर
भएपनि पास त गर्नैपर्यो । ह्या यो
शनिवार एकदिन त मज्जाले सुत्न पाए पनि त हुने.........। तर किन त्यती बेला निद्रा
कहाँ गएको थियो कुन्नी ?? कहिल्यै यस्तो अल्छि लागेको थाहा भएन । विशेष शनिवार आउदा त
कुनै चाड आए झै लाग्थ्यो । राति नै उठेर नुहाइधुवाइ ग–यो ऊ । आफूलाइ सकेसम्म टिपटप देखिने लुगा छान्थ्यो अनि बडो
उत्साहका साथ घरवाट बाहिर निस्कन्थ्यो ।
आज सण्डे है सिना ??
अँ आज भर्खर
फ्राइडे भयो , यो स्याटडे आउन
किन यति धेरै सामय लाग्छ सजिस ?? सिना सोध्ने
गर्थी ।
हप्तैभरी दुवैजना
भित्रभित्रै छटपटाउथे अनि घण्टौ फोनमा, भाइबरमा झुण्डिन्थे । उम्, म्यासेन्जरमा पनि !!!
ऊ हर शनिवार ट्युसन सकाएर बसन्तपुर चोकमा अडिन्थ्यो । सिना एकैछिनमा हाजिर हुन्थी
। केही पलमै त्यो निलो पल्सरसँगै एकजोडी प्राणि गायव हुन्थे । भिडभाडलाइ छल्दै
कहिले नगरकोट, कहिले गोदावरी,
कहिले धुलिखेल, कहिले ककनी त कहिले कता–कता । कहाँ जाने प्लान
गर्न धेरै बेर लाग्दैनथ्यो उनिहरुलाई ।
आज ती दिनहरु
कल्पनाका आकाशमा हराएका छन् तरैपनि उसलाई यादहरु पनि बडो स्वादिलो लागिरहेको छ ।
'तपाइ कहाँ
बस्नुहुन्छ ??
'हजुर !
मनमैंजुतिर हो ।'
'म पनि उतै बस्ने
हो हेर्नुस न एक्कासी बन्द भएर , के गर्ने होला ??
'अँ भन्या यो
बन्दले त अति नै गर्यो । मेरो त झन् आमा आउनुभाको छ गाँउबाट । आत्तिइसक्नु भो
होला के गर्ने गर्ने...........??
“अँ तपाइलाइ आपत्ति छैन भने सँगै जाउ न त । भित्रि बाटो त
बन्द छैन होला नी” ।
'खै ??
'के गरु...के गरु को अवस्थामा सिनाले उसको लिफ्ट स्विकारेर घरसक्मको यात्रा तय
गरेकी थिई ।
पुतलीसडकको एउटा
कन्सल्टेन्सी कम्पनीमा पार्ट टाइम काम गर्दै आएकी सिना शाक्य, अर्को एउटा
प्राइभेट कम्पनीमा जीवन दर्ता गरेर बाँच्ने बाटो तय गदै आएको सजिस शर्मा । दुवै उस्तै उस्तै पीडा र सर्घष बीच गुर्जदै आएका थिए ।
त्यो सधैको पीडादायी सडकबन्द, एकदिन खुसीको
बाटो भएर बगे झै लाग्थ्यो दुवैलाई । दुवैले मन मिल्ने साथी भेट्टाएका थिए । छोटो
समयको अन्तराल मै सिना सजिसकी मायालु "काली" भएकी थिइ । सजिस सिनालाई
बिभीन्न नामले बोलाउने गर्थ्यो, कहिले काली त कहिले जानु, कहिले सानु त कहिले
छुच्ची, कहिले बन्दर्नि त कहिले के....... कहिले के ....... अँ कहिले काँहि त बुढी
पनि भन्ने गर्थ्यो सजिस । उसलाइ पनि सिना बिभिन्न नामले बोलाउने गर्थी, एक पटक
सिना को घरमा सिनाले बन्दर भनेको सुनेर उस्की ममीले सजिसलाई बन्दर भन्दा सिना
रिसाएकी थिई । भन्थी तिमी मेरो मात्र बन्दर हो, म मात्र भन्न पाउछु, म जे पनि भन्न
पाउछु, अरुले पाउदैनन् । किनकी तिमी मेरो हो, अरु कसैको होइन .............. यस्तै
यस्तै ।
ऊ घरको एक्लो
छोरो । बुढा बा आमा । आमाको विरामीको खवर पाएर उसलाई एक्कासी गाँउ जान परेकोले कही
दिनदखी सिना देखी टाढिन परेको थियो ।
'सजिस म तिमीलाई तुरुन्तै भेट्न चाहन्छु , जहाँ जसरी भएपनि ।'
एकदिन आत्तिदै सिनाले फोन गरी । दुवैजनाको भेट भयो । आखाभरी आशु पारेर सिना बोली " सजिस ! म अष्ट्रेलिया जाने भए नी , आजै एक बजेको
फ्लाइट छ । '
'हँ...........तिमीले
यतिका दिनसम्म गरेको दुखको फल पायौं । अँ साच्चि, पैसाको जोहो गर्न गाह्रो परिरहेको थियो, के गर्यौ त.......... हतास हुदै ऊ बाल्यो ।'
'मैले एउटा निर्णय
गरे सजिस । तिमी विदेश जादै नजाने, मलाई नगइ नहुने ....................। एउटा
सम्पन्न मान्छेलाइ पनि समस्या परिरा‘रहेछ, उसैसँग कोर्ट म्यारिज गरेर जाने भएँ । उसले
लाग्ने सबै खर्च व्यहोर्दैछ ।'
' तिमी कोर्ट
म्यारिज गरेर जाने ?? कस्तो मान्छे
हो.......'यति मात्र निस्किए उसको
मुखबाट । मनभित्रबाट उठेको ज्वालामूखी घाँटीसम्म आएर रोक्कियो ........... 'तिम्ले आफ्नो निर्णय त गरेछौ सिना तर तिमी गएपछि मेरो के हाल हुन्छ, विचार गरेकी छौं ??
'अँ, अव हामीले चाहेर केही हुनेवाला छैन सजिस, मेले निर्णय गरिसके । जे होला राम्रै होला ।
समयमै, धेरै पटक भनेथें तिमीलाई,
पटक्कै मानेनौं । अव त...........मैले निर्णय
गरिसके । '
'तिमी राम्ररी पढ, काम गर, मलाई नविर्स ........'आशु रोक्ने असफल प्रयास गर्दै बोल्दा बोल्दै ऊ उठेर हिडीं ।
चाहेर पनि उसले रोक्न सकेन ।
एउटा नमिठो घाउ
दिएर ऊ गई, ऊ भन्दा धेरै पर । बोल्ने आँट पनि आएन ,
बोल्ने कुरा पनि बाँकि रहेन । अन्त्यमा “शुभयात्रा सिना, सधै खुसी रहनु’’ हतार हतार टाइप
गरेर एसएमएस् पठायो उसले ।
त्यसपछि, फेरी यो शहरमा ऊ एक्लै भयो । सिनासँग भेटिनु अगाडी पनि त एक्लै थियो अव पनि के फरक पर्छ र?? उसले मनलाई बुझाउने हजार प्रयास गर्यो, आखिर मनै त हो
बेला न कुवेला बाँध भत्काएर बगिदिन्छ । सँगै विताएका ती पलहरु
............."एउटा मान्छेको मायाले कति फरक पार्दछ हो
जिन्दगीमा..............." त्यो कालजयी गीत उसै बनेको हैन रहेछ कल्पनामै फेरी
दुख्यो ऊ बेस्मारी । आँसु झारिरह्यो
....... झारिरह्यो......... आँसु पनि सकिने रहेछ मानिसको....... अनि टोलाउन
थाल्यो, यादमा नै हराउन थाल्यो ।।
"ए सजिस घर जाने हैन ?? "
साथीहरुले कर गर्दा मेरो धेरै काम छ । सरी ल,
म जान्न भनेर फिल्म हेर्न नगएको ऊ । साथीहरु त
फर्किसकेछन् । झस्कियो ऊ । अनि साथीहरुसँगै चुपचाप अनौठो चालामा घर
पुग्यो । कसोकसो ऐनामा आँखा पुग्यो । ओहो उसको शरीर कति मायालाग्दो भएर सुकिसकेछ,
भोक हराएको महिनौं भैसकेछ । कलेटी परेका ओठहरु
सुम्सुम्याउदै यता उता हेर्यो । किताबका चाङ्गहरु धुलोले छपक्क ढाकिएछ , हरेक सामान कस्तो
भद्रगोल । पर फालिराखेको मोवाइल , स्किन मै मुस्कुराइ
रहेका दुइ प्राणी सिना र सजिस । उसका औंलाहरु यन्त्रवत
चले । पलभरमै त्यो नमीठो विगत कमसेकम उसको मोवाइलवाट केहि पलका लागि पर भयो । अनि फेरि सिना कै
यादमा पल्टियो । माथिको तलामा बस्ने सबिन आएर सजिस दाइ आज पनि
खाना नखाने भन्दा उ झस्कियो, र त्यो कोठाभरि छोडेर गएका सिनाका हरेक यादहरुलाई
मनले फिल गर्दै बोल्यो भोक नै छैन
भाई...............................................................
0 comments:
Post a Comment