चुरा फुटालेर आएकी रैछ।
पोते फुकालेर आएकी रैछ।
थाहा छैन ! कुन रंग भर्न खै,
सिंदुर पखालेर आएकी रैछ।
बिगत भुल्न बर्तमान खोज्दै,
पाइला चालेर आएकी रैछ।
शिखर भेट्न् चुनौती बोकि,
यात्रा थालेर आएकी रैछ।
मनमा एउटा झिनो आसाको,
त्यो दिप बालेर आएकी रैछ।
आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।
0 comments:
Post a Comment