अनौठो प्रेम : भाग पाँच !!


................ खाना खाईवरी, आज त पढ्नु पर्छ नपढेको पनि कति भयो । यो हिसाबले त म पक्कै फेल हुन्छु । यस्तै सोच्दै म पढ्न बसेको थिए । बसेको त्यस्तै तिस पैतिस मिनेट मात्र के पढेको थिए, मोबाईलमा रिंग बज्यो । मैले वास्ता गरिन, किनकी आज म पुरै पढ्ने मुडमा थिए । एकछिन पछी पुन दोस्रो पटक रिंग बजेपछी म फोन नहेरी रहन सकिन । हेरेको उनैको फोन थियो । चार दिन सम्म म सँग फोन हुदैन भनेकी र दिउसो सलिना दिदीसँग म भोलि कल गर्छु भनेकी उनि, आज नै फोन गरिछन् । म खुसी हुदै फोन उठाए । 

हेलो !!

सञ्चै हुनुहुन्छ ?? किन फोन नउठाउनु भएको ?? पढ्दै हुनुहुन्थ्यो हो ??

हेल्लो....... हेल्लो ...... के भयो किन नबोल्नु भएको ?? के भयो ??

हेल्लो...... तपाई सुन्दै हुनुहुन्छ नि ?? 

म उनको आवाज सुनेर हराएछु आफैभित्र । उनको हेल्लो ले झस्किए !! हजुर !! 

म बोलेको सुन्निएको छैन र ?? सञ्चै हुनुहुन्छ ?? किन फोन नउठाउनु भएको ?? पढ्दै हुनुहुन्थ्यो हो ?? किन नबोल्नुभएको ?? किन मलाई नै सम्झदै हुनुहुन्थ्यो ??

कति धेरै प्रश्न एकै पटक !! कुन को उत्तर पहिले दिऊ ?? 

हि हि !! जुनको दिएपनि हुन्छ । 


ऊम् सन्चै छु । यसै थाहा नपाएर नि !! नाई यसै बसिराखेको थिए । मैले झुट बोले । किनकी उम् पढ्दै थिए भन्दा ए ल पढ्नु भनेर फोन राख्छिन् कि भन्ने डर लाग्यो । 

अनि तिमी सन्चै छौ ?? 

उम् सन्चै छु । 

चार दिन मोबाईल म सँग हुदैन भनेको होईन त ?? 

उम् हो । तर हजुरको बोली सुन्न मन लागेर नि !! 

त्यस्तो हगी ?? मलाई तिम्रो नाम सम्म पनि थाहा छैन, तिम्रो नाम के हो ?? घर कहाँ हो ?? मलाई कसरी चिनेको ?? मेरो नम्बर कस्ले दिएको नि ?? अनि म कसरी तिम्रो श्रीमान नि ?? हामी भेटेको छौ कि नै ?? 

पख्नु न अब हजुरको पालो होकी क्या, कति धेरै सोधिराख्नु भएको । 

हा हा..... म हाँसे । अनि मलाइ केहि थाहा छैन त अनि । 

हजुर कै श्रीमती हु, हजुरले जे भनेर बोलाउनु हुन्छ त्यही हो मेरो नाम । 

मैले नराम्रो नामले बोलाए भने नि ???

हजुरले नराम्रो नामले बोलाउनुहुन्न मलाई थाहा छ नि । 

नै म नराम्रो नामले नै बोलाउने रे । 

सक्नुहुन्न मलाई थाहा छ । 

ओहो, त्यस्तो बिश्वास छ है मेरो ??

आफुलाई भन्दा पनि धेरै हजुरलाई बिश्वास गर्छु । 

मलाई देखेकी छौ ?? 

देखेकी छैन, तर कस्तो हुनुहुन्छ मलाई थाहा छ । 

नदेखिकन कसरी थाहा हुन्छ कस्तो छु भन्ने ?? 

मलाई थाहा भयो नि !! मैले हजुरको तस्बिर समेत बनाएकी छु नि !! हजुरलाई भोली मेल गरिदिन्छु नि ल !! 

ओ हो र ?? देख्दै नदेखी कसरी बनाएकी नि ?? हुन्छ म अहिले फोन राखेपछी मेल आईडी म्यासेज गरिदिन्छु नि ?? 

नाई मलाई हजुरको मेल आईडी थाहा छ !! 

म उनको यो कुराले चकित भए !! मैले कुन म्यासेजमा मेरो मेल सेण्ड गरे सम्झिन थाले । तर कुनै पनि म्यासेजमा मेल आईडी सेण्ड गरे जस्तो लागेन । कसरी थाहा भयो उन्लाई मेरो मेल आईडी !! 

हेल्लो...... हेल्लो.... के भयो कता हराउनु भएको ?? मेल आईडी कसरी थाहा पायो भनेर सोच्नुभएको हो ?? 

हो !! कसरी थाहा पाएकी ?? अरु के के थाहा छ तिमीलाई मेरो बारेमा ?? 

हि.. हि .... म हजुरकी जिवन संगिनी हु, मलाई हजुरको सबै कुराहरु थाहा छ । 

कसरी ?? 

जिवन संगिनी भएको ले । भनिसके त !! नबुझ्नु भएको हो ?? 

ऊफ् !! म नसक्ने भए !! तिम्रो घर कहाँ हो ??

कति छिटो हार मान्नुभएको के !! तपाईकी जिवनसाथी अनि मेरो घर कहाँ हुन्छ ?? तपाईको जहाँ हो त्यहि, तपाईको जुन घर हो त्यही मेरो नि !! 

अझ !! मैले भने 

होईन त ?? 

हो... हो ..... तिमी कहाँ छौ अहिले त्यो त भन न !!!

मलाई हजुरको सबै कुरा थाहा छ, हजुरलाई मेरो केहि पनि थाहा छैन कस्तो के हजुर त, आफ्नो जिवन संगिनीको केहि कुरा थाहा नपाउने !! 

कसरी थाहा पाउ त ?? म जासुस हु र ??

अनि के म जासुस भएर थाहा पाएकी हुँ र ?? 

भएर त होला नि मेरो सबै कुरा थाहा पाएकी । 

हजुर कस्तो मान्छे ! मलाई जासुस रे !! अहिले म रिसाउछु अनि !!!

म फकाईन भने नि ?? 

फकाउनु हुन्छ । मलाई थाहा छ । 

कसरी ??

थाहा छ नि !! 

कसरी भन न !! 

मलाई माया गर्नुहुन्छ नि त त्यसैले । 

म माया त गर्दिन !! 

माया नगर्ने भए अस्ति मैले फोन नउठाँउदा बसन्तपुर किन जानु भएको त ?? मैले अस्ति म सँग चार दिन फोन हुदैन भन्दा किन आतिनुभएको त ?? मलाई सलिना दिदिले पनि भन्नु भएको थियो । तपाई आत्तिरहनु भएको छ भनेर । त्यसैले त मैले आज नै कल गरेको । थाहा छ हजुरलाई म काँहा बसेर बोलिरा ?? 

कहाँ ??

म यहाँ छतमा आएर बोलिराको । मलाई थाहा छ हजुरले पनि मलाई धेरै माया गर्नुहुन्छ । 

मैले झुट बोलेको पनि त हुन सक्छ नि !! मैले दिदीलाई पनि झुट बोलेको हुन सक्छु । कसरी यकिनका साथ भन्न सक्छौ कि मैले पनि माया गर्छु भनेर ??

म हजुरको हरेक कुरा थाहा पाउन सक्छु भने तपाईले माया गर्ने नगर्ने थाहा पाउन के ठुलो कुरा हो र ?? 

होईन मेरी प्राण प्यारी होईन । म तिमी सँग साँचिकै सक्दिन । मेरो पछाडी सि आई डी राखेकि छौ कि के हो ?? 

ओहो !! फेरी भन्नु न !! 

के ??

अघी भनेको ?? 

के भने र ?? 

नभन्ने !! छुच्चो मान्छे । 

हा हा .....हा 

ममिले थाहा पाउनु भयो कि जस्तो छ । म अहिले राख्छु ल । हजुर आफ्नो ख्याल गर्नु ल । 

नराख्दा हुदैन ??

मैले राखे ल । 

आफ्नो नाम त भन !!

नभनौ होला !

भनौ होला । 

म नभन्ने रे !! 

मलाई चाहियो रे !! 

चाहियो भन्दैमा कहाँ पाईन्छ रे !! 

मेरो बुढी हौ तिमी । पाउनुपर्छ रे !! आफ्नो बुढीको नाम पनि थाहा नहुने त्यो त हुनु भएन नि होईन र ??

हजुर पनि जिध्दि गर्ने के !! 

भनन । 

अदिती !!

अदिती के ???

अदिती पौडेल !! 

मेरो नाम सँग नाम मिलाएको हो ?? रियल नाम भनन पिल्ज !! 

नाँई होईन । त्यहि हो । हजुरले अरुनै नामले बोलाउनुहुन्छ भने पनि केहि भन्दिन । 

अनि घर ?? 

अघि भनेको होईन ??

तिमी कहाँ छौ अहिले भनेको नि !! 

हजुरको मनमा !! 

तिमी त्यति सानो छौ ?? 

हि ... हि..... 

ममी माथी नै आउन लागे जस्तो छ म अहिले राख्छु ल !! 

भनन् कहाँ हो ??

पोखरा !! ममि अउनुभयो मैले राखे, आफ्नो ख्याल गर्नु, मिस यु एन् लभ यु अ लट !!! 



हवस् !! तिमीले पनि........ लभ् ....... मैले भन्न नपाउदै उनिले फोन काटीसकेकी रहेछिन् । उन्को फोनले मलाई आज झनै आनन्द मिलिरहेको थियो । उन्ले फोन काटीसकेकी भए पनि उन्को त्यो आवाज मेरो कानमा अझै पनि गुन्जिरहेको थियो । मेरो मन चङ्गा भएको थियो । खुसीको सिमा थिएन । मेरो मनमा रहेको बादल बर्षी सकेको थियो । र अहिले त्यो बर्षा पछी खुलेको आकाश जस्तो, त्यो मन उनैसँगको सपना देख्दै निदाउन चाहिरहेको थियो । उन्को नाम ठुलो आवाजका साथ लिदै म बेडमा पल्टिए..... लभ यु अदिती !!!!



क्रमश...................


                                                                                            -- दिनेश लामिछाने











Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment