एन्टिभाइरस खरिद गर्नुअघि ध्यान दिनुपर्ने मुख्य कुराहरु !!


१. माल्वेरको पहिचान
सबैभन्दा खतरनाक माल्वेरहरुमा भाइरस र वार्म (worm) हरु पर्दछन् । यसैगरी, लुकेर बस्ने माल्वेरहरुमा रुटकिट र टोर्जन हर्सेसहरु रहेका छन् । यिनीहरुले लुकेर बस्नेभएकाले कम्प्युटर युजरले पत्ता लगाउन नसक्ने किसिमका हुन्छन् । दिनहूा नयाा नयाा भाइरसहरुको आइरहने हुनाले एउटा राम्रो एन्टिभाइरले समेत यस्ता माल्वेर पत्ता लगाउन असक्षम पनि हुन सक्न । यसर्थ राम्रो माल्वेर पहिचान गर्न सक्ने एन्टिभाइरस खरिद गर्नुपर्दछ । विटडिफेन्डर, कास्पस्र्काई, बुलगार्ड, नोर्टोन, म्याकएफी, अभिरा, पान्डा, इ–स्क्यान, अभास्ट, एभिजे, नोड३२, क्विकहिल लगायतका एन्टिभाइरसहरु माल्वेर डिटेक्सनकालागि अग्रपंक्तिमा रहेका छन् ।

२. कम्प्याटिबिलिटी तथा पर्फर्मेन्स

तपाईको कम्प्युटरको हार्डवेर कन्फिगरेशनले पनि कस्तो एन्टिभाइरस छान्ने भन्ने कुराको निर्धारण गर्दछ । यदि तपाईको कम्प्युटर पुरानो हो र र्याम मेमोरी २ जिबीभन्दा कम छ भने कम र्याम मेमोरीमा पनि चल्ने एन्टिभाइरस छान्नुस् । यस्तो अवस्थामा गलत एन्टिभाइरसको छनोटले कम्प्युटरको पर्फर्मेन्सलाई ढिलो बनाउद छ ।

android-antivirus-e1466683085973



३. सेक्युरिटी फिचरहरु
एन्टिभाइरस सफ्टवेरमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको सेक्युरिटी फिचरहरु नै हुन् । एन्टिभाइरसका समान्य र सबैले उपलब्ध गराउने फिचरहरुमा सेड्यल्ड स्क्यान, एन्टी स्पाइवेर टुल्स, इमेल सेक्युरिटी, युएसबी स्क्यानर रहेका छन् । तपाईले खरिद गर्नुअघि निम्म सेक्युरिटी फिचरहरुमा ध्यान दिनुस् :

३.१ थ्रेट डिटेक्सन फिचर

थ्रेट डिटेक्सन फिचरअन्तरगत एन्टिमाल्वेर, एन्टिभाइरस, एन्टिटोर्जन, एन्टिस्पाईवेर, एन्टिवोर्म र एन्टिरुटकिट जस्ता रहेका छन् ।

३.२ इमेल र आइएम प्रेटेक्सन फिचर

यस फिचरअन्र्तरगत एन्टिफिसिङ, इमेल स्क्यान्स र इन्स्ट्यान्ट मेसेजिङ प्रोटेक्सन ।

३.३ अन्य विशेष फिचरहरु

बुटेबल रेस्क्यु सिडी, अटो क्लिन इन्फेक्टेड फाइल्स, स्क्यान कम्प्रेस्ड फाइल्स, इन्फेक्टेड फाइल क्वारान्टाइन, रजिस्ट्री स्टार्टअप प्रोटेक्शन, सेल्फ डिफेन्स, वेबसाइट ब्लकिङ, प्यारेन्ट कन्ट्रोल, आदि ।

3-circles_user
४. मल्टिप्लाटपर्म तथा मल्टिप्लाटफर्म लाइसेन्स
यदि तपाई धेरै कम्प्युटर तथा स्मार्टफने चलाउनुहुन्छ र एन्टिभाइरस सफ्वेर खोजिरहनु भएको छ भने एउटै रकमबाट विन्डोज, ओए एक्स तथा एन्ड्रोइड डिभाइस चल्ने टोटल एन्टिभाइरस सोलुशन लिन सक्नुहुनेछ ।

५. सपोर्ट

एन्टिभाइरस गर्नु अघि ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण पक्षहरुमध्ये सपोर्ट वा सहयोग पनि हो । तपाईले एन्टिभाइरस प्रयोग गरिरहदा कथमकदाचित केही समस्या आइपेरमा एन्टिभाइरस कम्पनीबाट के कस्तो सहयोग पाइन्छ भन्ने कुरालाई पनि ध्यान दिनुपर्दछ । यस्तोमा कम्पनीबाट पाइने भिडियो ट्युटोरिअल सपोर्ट, टेक्निकल सपोर्ट, इमेल सपोर्ट, च्याट सपोर्ट, फोन कल सपोर्टलगायत पर्दछन् ।

नेपालमा धेरै कम्पनीहरुले भोल्युम लाइसनिङ इस्यु तथा मल्टिपल डिभाइस लाइसेन्स (विन्डोज, म्याक तथा एन्ड्रोइडजस्ता मोबाइल प्लाटफर्म सपोर्टगर्ने) को रुपमा एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी उपलब्ध गराउादछन् । यस्ता कम्पनीहरुले होम युजर तथा बिजनेसलाई लक्ष्ति गरी एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी बजारमा उपलब्ध गराएका छन् ।





Source :- livingwithict.com



Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment