आफ्नो श्रीमतीलाई माया गरौ !!



                             दुनिया मायाको मजाक उढाउछन् । अाजकल साँचो माया गर्नेहरु भेटेदैनन् भन्दा पनि हुन्छ । भेटिन्छन् त केवल औलामा गन्न सकिने मात्र । 

नारी अधिकारका बारेमा धेरै लेख हरु आँउछन् । धेरै कुराहरु बाहिर आउछन् । र पनि मानिसहरु आफ्नै बहिनि, दिदी, प्रेमीकापत्नी आदिकोको मजाक उडाउँछन् । धोका दिन्छन् । र आँफै भन्छन् मैले धोका पाँए । 



हाम्रो समाजमा पुरुषले मात्र महिलाको मजाक उढाउदैनन्, पुरुषले मात्र महिलालाई शोषण गर्दैनन् । महिलाले महिलालाई नै पनि गर्दछन् । र यो पुरुष ले भन्दा पनि महिला ले महिलालाई नै धेरै गर्ने गरेको देखिन्छन् । 

म पनि एक पुरुष । तर म महिलालाई एक देवि स्वरुप मान्छु । त्यसैले म मेरी उनिलाई पनि धेरै माया दिन चाहान्छु ........ आँफुलाई भन्दापनि धेरै !! उनिलाई संसारका सारा सुखहरु दिन चाहान्छु । जुन म बाट सम्भव हुन्छ । उनैलाइ म अाफ्नो संसार सम्झन चाहान्छु ।

तर हाम्रो समाजका ति साथीहरु जो श्रीमतीलाई आफ्नो दाषी मान्छन्, जो  श्रीमतीलाई एक घरभित्रै थुनिने सुगा मान्छन् । जो आफ्नो कामुकता शान्त गर्ने बस्तु ठान्छन् ........... ति सम्पुर्ण पति महासयहरुको लागी म एक प्रश्न गर्न चाहे !!

देह उन्को हल्दी तिम्रो नामको, हत्केला उन्को मेहेंदी तिम्रो नामको , शिर उन्को चूनरी तिम्रो नामको, सिउँदो उन्को सिन्दूर तिम्रो नामको

निधार उन्को टिका तिम्रो नामको, नाक उन्को नत्थी तिम्रो नामको, गला उन्को मंगलसुत्र तिम्रो नामको, नाडी उन्को चूराहरू तिम्रो नामको, पाऊ उन्को पाउजू तिम्रो नामको, औंलाहरू उन्को औंठी तिम्रो नामको !

ठूला मानिसलाई ढोगौं  देखि उन्ले , “सौभाग्यवती भएस” आसिश तिम्रो नामको 

तिजको ब्रत होस् या अरू कुनै  ब्रतहरू तिम्रै नामको  । यति सम्म कि कोख उन्को, दूध उन्को, खून उन्को अनि बच्चा ????

 बच्चा तिम्रो नामको ! 

घरको ढोकामा लगाईएको “नेम प्लेट” तिम्रो नामको ! 

यति मात्र कहाँ हो र …. उन्को आफ्नो नामको सम्मुख लेखिएको गोत्र पनि उन्को होइन त्यो पनि तिम्रै नामको….! 

सबथोक त तिम्रै नामको….. आखिर तिमीसँग के छ उन्को नामको …?????


एउटी केटी बिहे गरेर घर गई, हिजोकी केटी अब आज बुहारी भई ।

हिजो मोजमस्ती गरिरहेकी केटी अब, पराईघरको सेवामा लागि…., हिजोसम्म टिसर्ट र जिन्स लगाउने केटी, अब सारी लगाउन जान्ने भई ।  निलनदी झैं बगिरहेकी केटी अब पराई घरको नीर मात्र भई । 

दिन दिनै रमाइलोमा खर्च गर्ने बानी, अब सागसब्जी बजारमा भाउ कस्न जान्ने भई । हिजोसम्म फुल स्पिड स्कूटी चलाउने केटी अब बाइकमा पछाडी बस्न सिकी… 

हिजोसम्म तीन पटक पूरा खाना खाने केटी, अाज पराई घरमा तीन पटक खाना बनाउन थाली।  हमेशा जिद्दी गर्ने केटी, अब लोग्नेको इच्छा सोध्ने बानी सिकी । 

हिजोसम्म आमालाई काम लगाउने केटी, आज सासुको काम गर्न थाली । हिजोसम्म भाइ-बहिनीसँग झगडा गर्ने केटी, आज नन्द र देवरलाई सम्मान गर्न सिकी । 

बाबुको आँखाकी नानी, अब ससूराको गिलासको पानी बनी ।

यो सबै त्याग र समर्पण मात्र केटीहरू गर्न सक्छन्. !


र पनि तपाईहरु किन आफ्नो श्रीमती/प्रेमिकालाई गलत नजरले हेर्नुहुन्छ ??? 





Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment