दानव !!


उ आफुलाई सर्वश्रेष्ट मान्थि,
आफ्नो मनको आफै राजा उ हर कुरा जान्थि ।
अस्ति सरकारले पदक बाड्यो,
हिजो उस्ले वाँडी,
Image result for दानव
मिल्यो मलाई सर्वश्रेष्ट रत्नाभुषण पदक,
दानबताको!!
उस्ले मलाई विश्वको सबैभन्दा कुख्यात दानवमा छानी ।

हो उस्ले सहि निर्णय गरी ।
गुलाबको घाटी निमोठ्नु त पर जावोस्
कागजको फुल पनि हुत्याउन नसक्ने म ।


परेवाका जोडिहरु लाई पासो थापि
नजरबन्द गरी छुट्याउन पनि नसक्ने म। ।


प्रेमको चिट्ठा बेची प्रथम ब्यभिचार उपहार दिन अनि
साथको नाटक रची प्यास बुझाउन नसक्ने म।


बिषालु झुटका तिर हानी घायल पारि
मोहनी मन्त्र, काममन्त्र फुकेर कसैलाई सुझाउन नसक्ने म । ।


धाक देखाएर धुत्न नसक्ने, ब्याथा देखयर लुट्न नसक्ने म ।।


हो म मान्छु पक्कै
म तिमीले भने जस्तै म दानब हु ।
आजका मान्छेहरु मा जस्तो
मानबता नै नभै कसरी म मानब हु ? ?


चोखो माया गर्नेहरुलाई आजकल मान्छे नै भनिदैन यहाँ ।
प्रेमको ब्याबसाय, भ्रमको खेतिपाति,भावनाको ब्यापार गर्ने


अनी धोकाको कोसेली दिन नजान्ने मान्छे मानब बन्छ कहाँ ।।
आधुनिक अनि बिधुतिय समाजमा

झागिएको मानबता नै नभै कसरी म मानब हु ?


त्यसैले उस्ले सोचको कदर गर्दै म भन्छु
हो म उस्ले ठानेजस्तै दानब हु ।।


उस्ले मलाई सहि पदक दिईन्,
उनि गलत कहिले छैनन् र सहि निर्णय लिईन् ।

समाजकै बोझिलो मान्छे कसरी पो मानव हु ?
उनिलाई लाखौ लाख धन्यवाद,
हो म उन्ले ठानेजस्तै दानव हु ।।


@दिनेश








Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment