शंका नगरन प्रिय शंकाले त लंका जलाउँछ रे परि !
युगल जोडी बिचमा पनि झगडाको बिउ फलाउँछ रे परि !!

एक अर्कामै आपसमा नभएमा विश्वास,
समयसँगै आफनै भाग्यले नै छलाउँछ रे परि !!

एकै मन - मुटु, एकै धड्कन, एकै भए भाग्य,
आँधि तुफानले नि ननिभाउने दिप बलाउँछ रे परि !!

संस्कारी बन्नुपर्छ एक अर्कामा हरकुरा भन्नुपर्छ,
झुट अनि विश्वासघातले मुटुमानै छुरा चलाउँछ रे परि !!

एकले आँट्दा अर्को तागत बन्नुपर्छ हरकाममा,
विश्वास गर मलाई सधै अबिस्वसले मुटु गलाउँछ रे परि !!

चोट लाग्दा एक शरिरमा दुख्छ दुबैलाई बराबरी
सहनै नसक्ने गरि शरिरलाई थलाउँछ रे परि !!

आदर अनि सद्भाव साथै समर्पित भए एक अर्कामा
मनै देखि दुबैविच आपसमा श्रद्दा पलाउँछ रे परि !!

सुन्दर अनि उदाहरणिय बनाउनु पर्छ हाम्रो जोडी,
हाम्रो माया जुनी-जुनी अमर् कहलाउँछ रे परि !!

@दिनेश
0 comments:
Post a Comment