काली भन्छु उन्लाई !



स्वाभिमानी छोरी हुन् म काली भन्छु उन्लाई !
मेरो मनको मन मुटु, फूलको डाली भन्छु उन्लाई !

सबैलाई खुशी बाँडी सब्मा राम्रो छाप छोड्ने
मेरो संसार मेरो सान अनि ताली भन्छु उन्लाई !!

कोहि छैन नरुचाउनु सबैको प्यारी छिन्
प्रकृतिको बरदान, मेरो मनको माली भन्छु उन्लाई !!

असल व्यवहार मिठो बोली धर्तिकी जुन हुन् उनि
निर्झरा, कञ्चन नदि अनि स्वच्छ नाली भन्छु उन्लाई !!

हेरि रहु लाग्छ जैले मनै शितल आभास गराउने
खेतवारीमा झुलेको बाली भन्छु उन्लाई !!

हाम्रो बारेमा नराम्रो भन्न हुन्न बन्छिन दुर्गा महाकाली,
खराबहरुले बहुरुपी नौ जाली भन्छन उन्लाई !! 

स्वाभिमानी छोरी हुन् म काली भन्छु उन्लाई !
मेरो मनको मन मुटु, फूलको डाली भन्छु उन्लाई !

@दिनेश 

Image result for girls cartoon images





Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment