लुकाउछिन् मेरी उनि !!

मृग नयनी नयन जुधाउछिन् मेरी उनि !
मनमा माया भएनी लुकाउछिन् मेरी उनि !!


परि हुन कि जुन हुन् बयान गरु कसरी ?
शिल स्वभाभ व्यवहारले भुलाउछिन् मेरी उनि !!


गुलाबको फुल फिक्का लाग्छ उन्को सामु,
आफु बिष लिई मलाई अमृत पिलाउछिन् मेरी उनि !!


एकै दिन नदेखेनी छट्पटिन्छिन् भौतारिन्छीन्
बाबा यहाँ आउनु न भनि बोलाउछिन् मेरी उनि !!

बोल्नु हुन्न कसैले हाम्रो बारे नराम्रो, 
ईटको जवाफ पथ्थरले दिलाउछिन् मेरी उनि !! 

मृग नयनी नयन जुधाउछिन् मेरी उनि !
मनमा माया भएनी लुकाउछिन् मेरी उनि !!

@दिनेश 

Image result for girls Thinking About Love cartoon images









Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment