श्रीमान, मेरो आँखाको माथिल्लो तलाको, माथिल्लो झ्यालबाट एक जोडि आँसुले हात समातेर वाँङ्ग हाम फालेको, त्यो मालाले देखेको छ ।
अनि त्यो रातो अविर, तातो मरभुमिमा पाईला
टेक्नासाथ, बालुवासँगै बाफिएर उडेको त्यो निदारलाई थाहा छ ।
यो घटना घटीरहदा, नदेखे जस्तै गरी आफ्नै सुरमा नाचीरहे ति हात हरु, यो घटना घटीरहदा, एउटा बृध्द रोदन को आवाजलाई चिन्न बिर्षे यि कानहरु, र यो घटना घटीरहदा, एक आपसमा निरलञ्ज टाँसीएर बेताहत सँग आँग तन्काईराखे ति ओठहरु ।
म मान्छु श्रीमान, त्यो अस्रु जोडीले आत्म हत्या
गरेको, म मान्छु चट्टान जस्तो गालामा त्यो अस्रु जोडी आफ्नै सु-बिबेकले पछारीएको
हो। तर किन? तर किन प्रतिकृया बिहिन बने ति आँखा, ति हात, ति ओठ र ति कान ? किन
सुन्न सकेन कानले जिवन वादका सुत्र त्यतिबेला ?? किन छेक्न सकेन हातले ति आँसुका
बाटोहरु ? किन बोल्न सकेन ओठले हुदैनका शब्दहरु र किन लगाउन सकेन आँखाले त्यो
माथिल्लो तलाको झ्याल ।
म भन्छु श्रीमान, यो आत्म हत्या वडो रहस्यमय तरिका ले गराइएको छ । तर म विश्वस्त छु, म विश्वस्त छु यस घटनाको मुख्य दोषी मन हो श्रीमान ।
भित्र एक्लै बसेर सम्पुर्ण अपराधको गिरोह चलाउने
मन हो श्रीमान । पहिले वाट हातलाई पैसा दिन, ओठलाई अन्तर्वार्ता दिन, कानलाई
हवाईजहाजको आवाजसुन्न र आँखालाई सुन्दर सपना देख्न वाध्य गराउने मन हो श्रीमान ।
त्यसैले पहिलेका पिडीतलाई अहिलेका अपराधि बनाएर,
नयाँ अपराधलाई जन्म दिने मन हो श्रीमान।
त्यसैले म माग गर्दछु, म माग गर्दछु, अपराधी
मनलाई कडा भन्दा कडा सजाय होस् ।
तर विडम्बना तपाईका अगाडी चुलिएका न्यायका
ठेलिहरु झेली छन् श्रीमान, त्यहाँ अपराधीलाइ सुरक्षा दिने चाहाना छ । त्यहाँ सजाय होइन वाहाना छ ।
र विडम्बना त्यो बहानाले
मनलाई कुनै असर गर्ने छैन । त्यसैले मेरो भनाई मानिन्छ भने मनलाई उस्कै
सह-अपराधीहरु बाट सजाय होस् । खोसियोस् आँखाबाट जहाज चढेपछी मात्र पैसा कमाईन्छ
भनेर सपना देख्ने अधिकार, बाँधिउन कानहरु चराको चिरबिर र झरनाको आवाजले, पोतिउन
ओठमा राष्ट्रगानका मोसोहरु अनि राखिउन हातहरु कुटो कोदालो र माटोको आजिवन
कारावासमा ।
त्यसपछी हेर्नुहोला
श्रीमान, त्यो अस्रु जोडिको लास जलेको खरानी लण्डन अष्ट्रेलिया र जर्मन होईन,
सेती, नारायणी र बाग्मतीका तटमा सेलाईनेछन् । अनि हेर्नुहोला श्रीमान कुनैपनि
अस्रु जोडीले कुनैपनि मनको दबाब मा आत्म हत्या गर्ने छैन ।
0 comments:
Post a Comment