के मर्नु होईन ?
-
कुनै दिन उन्ले सोधेकी थिइनँ । तपाईं के गर्नुहुन्छ ? एदि म अरु कि नै भए भने के गर्नुहुन्छ । म मर्छु । उनी रिसाईन । निर्जीव भयर बाँच्नु के मर्नु होईन ?? हजारौं को भिडमा पनि एक्लै हुनु के मर्नु होईन ? पलपल मर्दै बाँच्नु के मरेको होईन ?? हो मेरो परिवार छ , आफन्त छन् । म मेरो परिवार अनि आफन्त प्रती मैले गर्नुपर्ने मेरो जिम्मेवारीबाट म पन्छिने छैन । तर परिवार , आफन्त बिच मा जिउँदो लास हुनु के मरेको होईन ?? मान्छेलाई मन र दिमागले नियन्त्रणमा राख्छ । तर मन अनि मुटु उनिलाई दिइसकेको छु , दिमागमा ऊनी हरेक पल रहन्छिन । अब मन मुटु अनि मस्तिष्क बिना बाँच्नु के मरेको होईन ?? म तपाईंको मन मुटु फिर्ता गरिदिन्छु उनले भन्न सक्छिन । तर मलाई विस्वास छ। उनी फिर्ता गर्न नै सक्दैनन् । एदि उनी मलाई मरेर पनि बाँचेको मान्छिन भने हो म बाँच्छु । उन्न्को छाँया भएर बाँच्छु .........................
0 comments:
Post a Comment