म जिउन देखि थाकिसके.......!!!!!!!!!

............................खै कता बाट शुरु गरु? 
मनमा गुम्सिएका गन्थन भनु या तछाड मछाड गर्दै
उर्लिएको भेल,कहिलेको आसु र रोदन त, कहिलेको बिछोडको पिडा,यसै
बिचको सम्बन्ध लाई कुन परिभाषा बाट परिचित गराऊ? यसरी नै
जिन्दगीमा सग्घर्ष को पौठेजोरी खेल्दै ,केवल
जिउदो लासको रुपमा जिन्दगि जिउनु नै दिनचर्या भयको छ,थाहा छैन
किन म आज धेरै दुखि छु ,दुखको बेला अरुलाई सान्त्वना दिने यो मन आज आफै
बिचलित छ,कसैको आखाको आसु पुछिदिने यी हातहरु,आज आफ्नै आसु
पुछ्न सकिरहेको छैन, भन्छन अन्तिम दुखको सहारा भगवान हो ,,तर मलाई आज
यो पनि विश्वास लाग्न छोडेको छ ,,किन कि मैले धेरै मन्दिर धाए,धेरै
ढुग्ग्गा ढोगे,धेरै फुल पाती चडाए,आखिर त्यो पनि मेरो लागि नभयर कुनै
दोस्रो मान्छेहरुको लागि,तर भगवानले मेरो पुकारा सुनेनन्,न त कसैको दुख हेर्न सक्छु न त दुख देखि पार गराउन
सक्छु ,यो कस्तो बिडम्बना,,त्यसैले आज म भगवान संग अन्तिम पुकारा गर्न
चहान्छु,यदि पर्भु तिमिमा शक्ति छ,र दुनियाँमा सबैलाई खुसि र
हासो दिन सक्छौ भने ,मेरो पनि एउटा पुकारा सुनिदेउ,जुन पुकारा सुने पछी अरु
कुनै पुकारा माग्न म तिम्रो दैलो ढकढक्याउने छैन,,र आजसम्म को खुसि खोज्न
झोली थाप्ने यी हातहरु, अनि तड्पेर जिएका पलहरु,सन्तुस्टीहुने छन्,भगवान
कृपया मलाई अब मृत्यु देउ,म जिउन देखि थाकिसके.......!!!!!!!!!
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

1 comments: