आजसम्म म किन जिवितै ????? ?

कुनै दिन उनि मेरो लागी रुनेछिन् ।
जसरी म उन्का लागी रोएँ । 
 कुनै दीन उनिले मलाई गुमाउने छिन । 
जसरी मैले उनिलाई गुमाएँ । 
एक दिन उनिले पछाड़ी फर्किहेर्नेछिन
 र महसुस गर्नेछिन । 
तिमीले के गर्यौ दिनेश ? 
सधैं उस्तै सपनासँग बाँच्नुभन्दा बरू, 
मिठो सम्झनासंग मर्नु बेस । 
पटक-पटक मैले बाँच्ने प्रयास गरें, 
प्रत्येक पटक उनिले बाचा तोडिदिइन । 
अनि म रोएँ-रोईरहें-आँसु पुछिरहें । 
अदृश्य आँसुहरू पुछिसाध्यनै भएन 
र सपना भन्दा बाहेक संसारमा बाँकी पनि केही रहेन ।
अनि मनमा लाग्यो, 
ओहो ! 
आजसम्म म किन जिवितै छु ? ?
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

2 comments: