के साँचै अब साँचो माया पाँहिदैन ? ? ?

के साँचै अब साँचो माया पाँहिदैन ? ? ? 





यो भनिरहदा मलाई आफु पनि चिन्तित छु, हुनत म पनि यही पुस्ताको हु । तर पनि मायाको मामलामा यो पुस्ताको हुनुमा मलाई दुख छ । मेरो कलेज बसन्तपुर नजिकै भयकोले म बसन्तपुर प्राय गैरहेको हुन्छु । केही दिन पहिले म वसन्तपुरमा अपरिचित दुई युवकको गफ सुन्दै थिएँ। एउटाले परबाट आउँदै गरेकी किशोरी देखाउँदै भन्यो, 'त्यही हो मेरी प्रेमिका, छैन त हटकेक ? ?


अनुहार त ठिकै हो, तर त्यसको जिउडाल सही छ, पूरा मिलेको, अर्को केट बोल्यो लभ परेको आठ महिना भो, रमाइलो गरेर छोड्दिने हो, मेरो अर्को च्वाँक केटीसँग लभ पर्न लागेको छ।' यो कुराले मेरो मन मा एक तिखो छुरा रोपे जस्तै भयो


यो कुरा सुन्नेलाई अपच लाग्छ, तर यो भएकै घटना हो। केहि समय भयो, भ्यालेन्टाइन दिवसमा फेसबुकमा एउटा स्ट्याटस पनि खुब चल्यो- फिगर भएको केटी र जिगर भएको केटीलाई भ्यालेन्टाइन डे कुरिरहनु पर्दैन।
आजभोलि लभ पानीको थोपाजस्तै छ, कतिखेर खस्ने हो पत्तै हुँदैन। मायामा भावनात्मकभन्दा पनि बढी यौन र बाहिरी कुरालाई महत्त्व दिइन्छ। मायालाई खल्तीको एउटा कुनामा लुकाएर राखिन्छ।


मायाका नाममा अनेकौं स्वार्थ लुकेका हुन्छन्। केही विज्ञले भनेका छन्, माया अहिले दयनीय अवस्थामा छ। भावनात्मक र साँचो मायासँग हाम्रो स बन्ध फिक्का बन्दै गएको छ। केहि समय पहिले पोखरा बाट एक अन्टी आयकोले बौद्द लगेको थिए । त्यहाँ तीन युवती हरु कुरा गर्दै थिय । म पहिले पनि धेरै पटक गएको ले आन्टी यताउता हेर्दै हुनुहुन्थ्यो म उनिहरुको कुरा सुन्दै थिए, हेर्दा मंगोलियन बर्णकी देखिने केटी बोली ओइ तेरो ब्वाइ फ्रार्न को त बिहे भाई सकेको रछ त !!! के भो त ? लास्ट धनी छ्, त्यो स्कुटी पनि तेसैले किनिदियको त हो नि!! म कन्सा तेही सुड्यो सँग बिहे गर्छु सोचेकी छस ? ? सँगै कि आर्की ले भनि, तेसपछी को उनिहरुको कन्भर्सेसन यहाँ राख्न लायक नै छैन । कस्तो पब्लिक ठाउँ म छौ भन्ने पनि ख्याल नगर्ने ........ गर्नेलाई भन्दा देख्नेलाई लाज भन्ने सुनेको थिय तेस्तै भयो, म आन्टी तिरा लागे ।


मायाको नाममा दर्जनौं गीत लेखिए, कविता कोरिए, युद्धसमेत भए। १७ सय वर्षपहिले सेन्ट भ्यालेन्टाइनले आफ्नै जेलरको छोरीसँग माया बसेर आफ्नो ज्यान गुमाए तर आज आएर यो माया भन्ने चीज अचम्मको छ, यसको अर्थ बुझ्न गाह्रो छ।


आजको आधुनिक प्रविधिले लभ पर्न र छुट्न साह्रै सजिलो बनाएको छ। नभेटीकनै आजभोलि फेसबुकमा लभ पर्छ अनि ब्रेकअप पनि हुन्छ। ट्विटरबाट लभ परेको सुन्ने दिन पनि सायद टाढा छैन। हुनत केहि एक दुई जनाको नराम्रो कुरालाई हेरेर सबैलाई दोसी भन्न नमिल्ला पनि! तर हामी धेरै तेस्तै सोचेका हुन्छउ, केहि दिन पहिले च्याट गर्ने क्रममा मेरो एक साथीले भनिइन्, सबै केटा उस्तै हुन ।


मैले पनि काही पढेको थिए कुनै एक साधुले एक ठुलो सेतो कपडा पखाल मा राखे, अनि तेस्मा एक सानो धब्बा कालो लगाए, केहि समय पछी त्यो देखिरहेका मानिसलाई उनिले के देख्यो भनेर सोधे । मनिसा हरुको उतर थियो कालो धब्बा । त्यो धेरै ठुलो सेतो अनि सफेद कपडा कसैले भनेन । होप गरु हाम्रो समाज मा पनि यसरि मायालाई भावनात्मकभन्दा पनि बढी यौन र बाहिरी कुरालाई महत्त्व दिने तेही धब्बा जस्तै हुन । अनि नबिगारुन तीनले यो समाज । । । के साँचै अब साँचो माया पाँहिदैन ? ? ?


 के साँचै अब साँचो माया पाँहिदैन ? ? ?


Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment