त्यही बिलिन भयो हाम्रो अमर प्रेम ! !!!







यो मन मुटुलाई केन्द्रबिन्दु

बनाएर आएको

हजारऔ रेक्टर स्केलको

तिम्रा यादहरुले, मेरा

सुनौला सपनाहरुको
निर्माणाधिन
संयौ तले भवनलाई
क्षद बिक्षद बनाउदै, मेरा यि कोमल
नयनबाट,
सुनामीलाई चुनौती दिने
बाढी निस्केको छ ।
सायद यो बारेमा तिमिलाई
अगृम जनकारी गएको हुन पर्छ ।
त्यसैले त,
सुरछित स्थानमा बसाई सरेकी रहिछौ ।


केही समय पछि ,

ठिक उहीँ



उस्तै प्रकृतिको,

पराकम्पन

फेरी यो मन मुटुलाई नै

केन्द्रबिन्दु बनाएर आयो,

न मलाई छोड्यो न तिम्रो हजारौ याद रहने यो दुई सय ग्राम को मष्तिस्कलाई नै छोड्यो ।

न मुटु रहयो, न तिम्रो याद ।

न रहयो माया, न रहयो सपनाको महल ।

लागयो यो मन मुटुमा रेड स्टिकर ।

त्यही बिलिन भयो हाम्रो अमर प्रेम ! !
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment