देश बन्छ ।।





सबैले मिलिजुली राम्रो गरेपछी बन्छ देश ।।
आफ्नो आफ्नो ठाँउबाट ईटा भरेपछी बन्छ देश ।।


यहाँ सबै कुरा गर्ने, काम गर्ने नभएकोले ,
गाँउ अनि बस्ती बाट झारेपछी बन्छ देश ।।



पराकम्प गैरहन्छ्, सानो सानो आईरहन्छ्,
निडरभै हामी सबैले पाइला सारेपछी बन्छ देश ।।


कोही आएर बनाउदैन्, हामी आफै बनाउने हो,
अरुको मुख ताक्ने बानी मारेपछी बन्छ देश ।।


हुन सक्छन रोक्ने कोहि, गर्नेलाई छेक्ने कोहि,
बनाउन नदिने हरुलाई आँखा तारेपछी बन्छ देश ।।


सबैले मिलिजुली राम्रो गरेपछी बन्छ देश । ।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment