यस्तो हुनेछ ९ सय पर्ने कम्प्युटर


यस्तो हुनेछ ९ सय पर्ने कम्प्युटर

  • बिहीबार ७ जेष्ठ, २०७२
  •  

(3 votes)
यस्तो हुनेछ ९ सय पर्ने कम्प्युटर
एउटा कम्प्युटरको मूल्य कति पर्छ ? साधारणतया हामीले १५ हजारभन्दा माथिका कम्प्युटरहरु किन्दै आएका छौं । तर अब छिट्टै ९ सय रुपियाँमै कम्प्युटर उपलब्ध हुने भएको छ । अमेरिकाको क्यालिफोर्नियामा क्रेडिट कार्ड आकारकै चिप कम्प्युटर विकास भइरहेको छ । जसको बजार मूल्य मात्र ९ डलर अर्थात् ९ सय रुपियाँ पर्नेछ ।

'नेक्स्ट थिंग'नामक कम्पनीले उक्त प्रोजेक्टलाई अन्तिम रुप दिइरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । कम्पनीले उक्त कम्प्युटर २०१६ को सुरुवातमै बजारमा ल्याउने तयारी गरेको छ । यो कम्प्युटरको पहिलो भर्सनमा एक गिगाहर्जको प्रोसेसर, ५१२ एमबी ¥याम र ४ जिबीको स्टोरेज क्षमता हुनेछ ।

बजारमा सानो आकारको कम्प्युटरको होडबाजी नै चलेको छ । यसैको उदाहरण यो उत्पादनलाई लिन सकिने विज्ञहरुले बताएका छन् । यसले बेयरबोन कम्प्युटर 'रास्पबेरी पाइ'लाई चुनौती दिनसक्ने समेत विज्ञहरुले औंल्याएका छन् । यसमा 'पाइ'मा नभएको वाइफाइ र ब्लुथुत सुविधा पनि समावेश गरिएको छ ।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment