मेरो प्यारमा आलिकती खोट थियो त्यतिबेला ।

मेरो प्यारमा आलिकती खोट थियो त्यतिबेला ।


मेरो प्यारमा आलिकती खोट थियो त्यतिबेला ।

ओठमा हाँसो भित्र थोरै चोट थियो त्यतिबेला ।



तिमी रंगमन्च उत्रेउ, जब म मैदान पुगे,

तिम्रो शरिरमा अभाब कोट थियो त्यतिबेला ।



म ढिला पुगे तिमी थियौ यात ढिला भयौ तिमी,

दाबेदारमा कमी एक भोट थियो त्यतिबेला ।



हिड्यौ मन सानो पारी म ईसारा गर्दै थिए,

जिताउन न त म सँग नोट थियो त्यतिबेला ।



थक्क थक्कमा थियौ तिमी म उस्तै पहिचानमा,

बिरह पोख्ने तिमी भित्रकै बोट थियो त्यतिबेला । 



मेरो प्यारमा आलिकती खोट थियो त्यतिबेला ।



ओठमा हाँसो भित्र थोरै चोट थियो त्यतिबेला ।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment