खुशी छाउने छ उस्को जिवनमा पनि ।

खुशी छाउने छ उस्को जिवनमा  पनि । 


उ भेटिएको थियो हिजो,

उ भेटिएको थियो अस्ति,

उ भेटियको छ आज र उ भेटिने छ भोली ।

हिजो र अस्ती मा धेरै भिन्नाता थियो उस्मा ।

हो....... हो हिजो उ रोएको थियो,

लाग्थ्यो उस्लाई देख्दै कसैलाई गुमाएको थियो ।

मन भरिका पिडा अनुहार भरी पोखिएको थियो ।

अस्ती हाँस्दै थियो हिजो रुदै थियो

आज पनि रुदै छ्

भोली पक्कै हाँस्ने छ उ

उ पक्कै भोली हाँस्ने छ ।

पोखरी मा पानी हुँदा सम्म मात्र माछाले कमिला खान्छ्

पानी सकिएपछी कमिलाले माछालाई खान्छ

पालो आउने छ उस्को पनि ।

खुशी छाउने छ उस्को जिवनमा  पनि ।

रुनु सबैलाई पर्छ्,

सधै सुखी कोही छैन यहाँ ।

मर्दा केहि लाने केहि छैन यहाँ ।


उनिले उस्लाई छोडिन अरे

पाइलाहरु अर्कै सँग मोडिन अरे ।

पती र पत्निको त्यो अटुट नाता पनि तोडिन् अरे ।


परालको आगो हुनुपर्थ्यो उनिहरुको झ् गडा

मट्टितेल यात पेट्रोलको भएछ कयार

परालको भए कोहि ताप्न आउनु पहिले निभि सक्थ्यो

निभी सक्थ्यो कसैले ताप्नु पहिले पराल को भए

पक्कै पनि मट्टितेल यात पेट्रोलको भएछ कयार


सम्बन्धमा गल्ति हरु एक अर्काले सुधार गर्नु पर्थ्यो,

एकलाइ दुख्दा अर्को उस्को मलम बन्नु पर्थ्यो।

समस्या देखि भाग्नु कुनै उपलब्धि होइन

हो कुनै उपलब्धि होइन समस्या देखि भाग्नु

समस्यालाइ टार्नु पर्थ्यो हटाउनु पर्थ्यो।




गल्ति मानिस् बाटै हुन्छ्।

हुन्छ् गल्ति मानिस बाटै

उस्ले पनि गल्ति गरेको थियो ।

उनिलाइ गर्नु सम्म गालि गरेको थियो।

उनिलाइ भन्नुसम्म उस्ले भनेको थियो।


गालि यसै गरेको थियन होला।

गालि मात्रै गरेको पनि थियन होला ।

सम्झाएको पनि थियो, धेरै महिनौ देखि बुझाएको पनि थियो।

हो महिनौ देखी उस्ले उनिलाई बुझाएको थियो ।


तेतिबेला आबेगमा थियो ,

सहनसिलता को चरम बिन्दुमा थियो ।

पोखिदियो सबै रिस जती एकै चोटी ।


चाहाना थियन उस्को उनिको मन दुखाउने ।

थिएन उस्को चाहाना उनिलाई रुहाउने ।

उनिलाई रुहाउने बारे उस्ले सोच्न पनि सक्दैन थ्यो,

हो पक्कै सक्दैन थ्यो उनिलाई रुहाउन

जिन्दगी भर आफ्नो काली लाई सुखी अनि खुशी राख्ने,

सपना जुन सजाएको थियो,
बुनेको थियो ।


तर त्यहाँ उल्टो भएछ ।

उनी केहि बेर रोइन्,

अनी रुहाएर गैछन उस्लाई जिन्दगी भर ।

समाइन उस्को हात्

छाडी दिइन उस्लाई एक्लाई जिन्दगी भर ।

जिउन सिकाइ केहि पल्को लागि,

जिउदो लास बनाइन उस्लाई जिन्दगी भर ।


म सम्झाउदै छु आज उस्लाई

हो आज उस्लाई सम्झाउदै छु म ।


हरेक रात पछी दिन पक्कै आउछ ।

एक बिहानी पछी आर्को बिहानी पक्कै आउछ ।

आउने छ्न उस्की काली पनि कुनै दिन ।

छाउने छ उस्को जिवन मा पनि बाहार कुनै दिन ।

लास बाट उठ्नेछ पकै उ कुनै दिन ।

उठाउने छिन उनिलेनै उस्लाई कुनै दिन ।

अनी हुनेछ उस्को अनि उनिको संसार ।

भोली पक्कै हाँस्ने छ उ

उ पक्कै भोली हाँस्ने छ ।

हँसाउने छिन उनिले उस्लाई 

पालो आउने छ उस्को पनि ।

खुशी छाउने छ उस्को 
जिवनमा  पनि 
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment