बिक्रिमा छ यो मुटु




बिक्रिमा छ यो मुटु


बिक्रिमा छ यो मुटु आउ, किनेर लैजाउ,
कम्सल खाल्को छ कि, हेरेर लैजाउ । ।

अक्सर दिल बाटै दिल टुटाइने रहेछ,
पर्ख हेर अनि धेरै पटक, सोचेर लैजाउ । ।

मन पर्छ भने आउ अनि बैना लगाउ,
खरीद गर्ने पैसा नपुगे, खोजेर लैजाउ । ।

धोकै धोकाले अचेल यो खदिलो भाको छ,
यो दिनेशको बिस्वास नलागे जोखेर लैजाउ । ।

बिक्रिमा छ यो मुटु आउ, किनेर लैजाउ,
कम्सल खाल्को छ कि, हेरेर लैजाउ । ।



Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment