चाँदनीमा नुहाएर आउँछिन् मेरी उनि ।



चाँदनीमा नुहाएर आउँछिन् मेरी उनि ।



चाँदनीमा नुहाएर आउँछिन् मेरी उनि ।

फूल भन्दा सुन्दर हुन्छिन् हिउँ भन्दा गोरी ।।



गुलावको पत्र जस्तै कोमल ओठ उन्को ।

उन्को सामु फिक्का हुन्छ चमक पनि जुन्को ।।

दुनियाँको लोभी नजर हेर्छन् चोरी–चोरी ।

चाँदनीमा नुहाएर आउँछिन् मेरी उनि ।।


रेसमी कपाल उन्को मृग नयाँन आँखा ।

उन्कै गित गाउदै कोइली डुल्छ डाँडा पाखा । ।

धर्तिकी सुन्दरी हुन स्वर्गकी परी ।

चाँदनीमा नुहाएर आउँछिन् मेरी उनि ।।


रबि पनि सर्माउँदै लुक्छ बादल भित्र ।

मख्ख पर्दै पवन पनि बन्छ उन्कै मित्र ।।

संगीतको सातै सुर सुनाउँछन् लोरी ।

चाँदनीमा नुहाएर आउँछिन् मेरी उनि ।।


सबै कुरा उन्को सामु फिक्का फिक्का लाग्छ ।

शेषनाग नि मेरी उन्को बयान गर्दा थाक्छ । ।

शृङ्गारका सबै सामाग्री लाई पछाडी पारी ।

चाँदनीमा नुहाएर आउँछिन् मेरी उनि ।।


फूल भन्दा सुन्दर हुन्छिन् हिउँ भन्दा गोरी ।

चाँदनीमा नुहाएर आउँछिन् मेरी उनि ।।


Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment