उनिको यादमा ।

उनिको यादमा ।

दिन ढल्दैछ उनिको यादमा ।
त्यो जुन बल्दैछ उनिको यादमा ।।

मलाई हेर्दै मुस्कुराउदै छिन, जिस्काउदै छिन ।
ताराहरु झर्दैछन उनिको यादमा ।।

मन भरि माया बोकि माया देखाउदिनन् उनि ।
उनिको याद हटाउदैछु उनिको यादमा ।।

लुकि लुकि उनि हेर्छिन, हेर्छु म पनि ।
नजरहरु लुकाउदैछु उनिको यादमा ।।

उन्कै साथमा थिए हिजो हुनेछु भोलि पनि ।

यो रात पनि कट्दैछ उनिको यादमा ।।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment