आई माया गरिदेऊ, ए मेरि उनि ।।

आई माया गरिदेऊ, ए मेरि उनि ।।



हाम्रो माया कमजोर होईन, चल्छ जुनि जुनि ।
आई माया गरिदेऊ, ए मेरि उनि ।।

दुनियाँको नजर रोक्न, गाजल लगाइदिन्थ्यौ ।
आँसु झर्दा यि आँखामा, तिमि हंसाइदिन्थ्यौ ।।
धेरै भयो रिसाएको, नरिसाउन परि ।
मुस्कुराउदै हाँसिदेऊ, ए मेरि उनि ।।

मेरा हरेक कामहरु, सहज गराइदिन्थ्यौ ।
गल्ति गर्दा मैले एदि, तिमि सम्झाइदिन्थ्यौ ।।
साथ तिम्रो छोड्दिन, बने पनि खुनि ।
बाचा पुरा गरिदेउ, ए मेरि उनि ।।

हाम्रो माया कमजोर होईन, चल्छ जुनि जुनि ।

आई माया गरिदेऊ, ए मेरि उनि ।।
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment