मौनताले यस्तो जादु गरीदिन्छ कहिले काँही ।
भित्ताले आवाज निकालिदिन्छ कहिले काँही ।।
म आफ्नै आँखासम्म आज आफ्नो काबुमा राख्न साकिन,
रोक्दा रोक्दै आफैलाई बगाईदिन्छ कहिले काँही ।।
बतासले समेत घरिघरि ढोका ढक्ढकाउछ ,
उनिको पर्खाईमा बसेको मन झस्किदिन्छ कहिले काँही
।।
म भित्र बसेकि छन् एउटा उनि जस्तो मान्छे,
उनैसँग मेरो मान्छे हारीदिन्छ कहिले काँही ।।
सबैभन्दा बढी अचेल आफै देखि डर लाग्छ,
मलाई हेरि ऐना पनि चर्कीदिन्छ कहिले काँही ।।
मौनताले यस्तो जादु गरीदिन्छ कहिले काँही ।
उनिको पर्खाईमा बसेको मन झस्किदिन्छ कहिले काँही
।।
उनैसँग मेरो मान्छे हारीदिन्छ कहिले काँही ।।
0 comments:
Post a Comment