मेरी मंकुरी !!

Image result for beautiful girl cartoon images

मैले दिएको चोटै चोटमा जिएकी छन् मेरी मंकुरी !!
दिन रात आँसु झारी पिएकी छन् मेरी मंकुरी !! 
दुख्न दिन्नन् मलाई कहिले रुन्छिन् खाली एक्लै बसि,
आफ्नो दिई मेरो मन मुटु लिएकी छन् मेरी मंकुरी !!
गल्ति गर्छु खालि बोलिका गोली चलेका चल्यै छन् यहाँ, 
सम्झाउछिन् मलाई छोड्दिनन् साथ माया दिएकी छन् मेरी मंकुरी !! 
जन्मौ जन्मको साथ हो पीर मर्का दिलैमा सुनामी भए पनि,
सजेकी छन् हाम्रो घर आफै सिएकी छन् मेरी मंकुरी !!
अब म चोट अनि कुनै कुरामा खोट कहिले दिन्न,
मेरो खुसिको लागी आफै भित्र भित्र खिएकी छन् मेरी मंकुरी !!

@दिनेश



Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment