मेरी उनि बिनाको पल !!


परी मेरी बन्दरयानि तिम्रो यादमा जुनेली रात पनि औंसी झैं लाग्छ !

तिम्रै बारेमा सोचिरहने यो मष्तिष्कलाई घमाइला दिनहरु पनि बर्षा झैं लाग्छ !

तिमी बिनाका हरेक दिन रातहरू छट्पटीमा कहिले तड्पिएर बित्छ

कहिले तिम्रै नाम बर्बराउदै अनि कहिले तिम्रै नाम कल्पिएर बित्छ !!


म सक्दिन जानु आफ्नै मुटु देखी टाढीएर बस्न

सम्हाल्नु भन्छौ तिमी सक्दिन सम्हालिएर बस्न,

टाउको अलगिएर अन्तिम स्वास लिदै गरेको शरिर जस्तै

तिम्रै लागी धड्कने मुटु हो लाटी, हरेक पल छट्पटीएर बस्न !


थाहा छ मैले मेरी मुटुलाई नै दुखाएको छु ।

कयौ पटक निचोर्दै तेजिलो घाँममा सुकाएको छु ।

निचोर्न सुम्पिएकी थिईनौ तिमीले, माया दियौ संधै तिम्रो मुुटुलाई

अब दुख्दैन अनि सुक्दैन काली,किनकी कहिले झिक्नै नमिल्ने गरी लुकाएको छु !!



नभन अनि नसोच कहिले हामी टाढिनु पर्छ

माया गर्छु काली सधै नत छाड्नु पर्छ न छाडिनु पर्छ

टाढीनु अनि छाडीनु अघी थाहा छ नि छुच्ची ?
तिमी अनि म मात्र मर्ने होईन काली हाम्री दिप्सना समेत मारीनु पर्छ !!


तिमी बिनाका बसन्त ऋतु शिशिर झैं बित्छन्

आउने हरेक चाड पर्वहरू बिरंगामा बित्छन् !

तिमी बिना ख़ुशी उमंगहरू कहिले नआइकिन बित्छ ।

तिम्रो यादै यादमा बित्छ कहिले तड्पिएर बित्छ

छट्पटीन्छु आफै भित्र त सधै मेरि मुटुलाई कल्पिएर बित्छ ।


@दिनेश

Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment